Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

चट्याङ पर्दा के गर्ने, के नगर्ने ? जान्नैपर्ने कुरा

By kit 3 मिनेट पढाइ

पढ्न करिब 2 मिनेट लाग्छ
प्रकाशित:

चैत २६, काठमाण्डौ - चट्याङबाट हुने मानवीय क्षति कम गर्न घर बाहिर र घर भित्र हुँदा विशेष सावधानी अपनाउनुपर्ने हुन्छ ।

घर बाहिर पौडिने, माछा मार्ने, र्‍याफ्टिङ नगर्ने, खुल्ला मैदान र भिडभाडमा नबस्ने, फुटबल क्रिकेट, गल्फ जस्ता खेलहरु तुरुन्त बन्द गरे क्षति कम गर्न सकिने राष्ट्रिय आपतकालीन सञ्चालन  केन्द्रको भनाई छ ।

यस्तै घरभित्र हुँदा पनि तारसहितको टेलिफोटन प्रयोग नगर्ने, यदि अत्यावश्यक अवस्थामा प्रयोग गर्नै पर्ने भए मोबाइल वा कर्डलेस फोन मात्र प्रयोग गर्न केन्द्रको सुझाव छ ।

केन्द्रका अनुसार  टिभी, कम्युटर, फ्रिज जस्ता विद्युतीय सामाग्रीहरु प्रयोग बन्द गरेर त्यस्ता सामाग्रीलाई प्लगबाट छुटाएर राखे चट्याङबाट हुने क्षति कम हुन्छ । धारामा नुहाउने, लुगा धुने, भाँडा माझ्ने काम नगर्ने यदि नुहानै परे बाल्टिनको पानीले नुहाउने वा धुने काम गर्न पनि उसले सुझाव दिएको छ ।

यसैगरी घर बाहिर रहेको अवस्थामा जङ्गलमा हुँदा स–साना रुखका बीचमा बस्न, पक्की घर वा गाडी नजिक भए झ्याल ढोका बन्द गरेर घर वा गाडीभित्र बस्न, नजिकै हाई भोल्टेजको तार भएमा तारको मुनी नभई दुई खम्बाको बीचमा ओत लागेर बस्न, केही गरी खुल्ला मैदानमा भएका बेला चट्याङ पर्न थाले दुई घुँडाको बीचमा टाउको लुकाएर टुक्रुक्क बस्न पनि केन्द्रले सबैसँग आग्रह गरेको छ । एजेन्सी