Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

चोरी भएको डिआई गाडीसहित १ व्यक्ति नयाँ बसपार्कबाट पक्राउ

By kit 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

चैत २६, काठमाडौं । काठमाडौंको नयाँ वसपार्कबाट चोरीको गाडीसहित एकजना पक्राउ परेको छ ।

नयाँबसपार्कस्थित आकाशेपुल मुनिबाट ललितपुर, महालक्ष्मी नगरपालिका–१४ बस्ने कमल महर्जन बा.६ च ४४२५ नम्बरको डिआई गाडीसहित सोमबार राती पक्राउ परेका हुन् ।

ललितपुर ग्वार्कोबाट चोरी भएको सो गाडी महानगरीय प्रहरी प्रभाग गोंगबुबाट खटिएको प्रहरीले नियन्त्रणमा लिएको हो ।

प्रहरीले जाँच गर्ने क्रममा नयाँ बसपार्क नजिकैको माछापोखरीबाट बिजि मलतर्फ जाँदै गरेको गाडीलाई पिछा गरेको थियो ।  गाडी कसरी चोरियो भन्ने सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।