पढ्न करिब 1 मिनेट लाग्छ

चैत २७, काठमाडौं । वीर अस्पताल प्रशासनले प्रहरी प्रयोग गरेर सरकारी चिकित्सकहरुको आन्दोलनका कारण बन्द रहेको टिकट काउन्टर खुलाएपछि नेपाल चिकित्सक संघ आक्रोशित हुँदै आकस्मिक भेला बोलाएको छ ।

संघले भावि रणनीति तय गर्न भन्दै बिहीबार आकस्मिक भेला बोलाएको हो । उपत्यकामा भएका सबै अस्पताल, मेडिकल कलेज तथा निजी स्वास्थ्य संस्थाका प्रतिनिधिलाई भोलि २ बजे बोलाइएको महासचिव डा. लोचन कार्कीले बताएका छन् ।

संघले चिकित्सकमाथि भएको धरपकडको निन्दा गरेको छ । समायोजनलाई लिएर उत्पन्न समस्या समाधान गर्न वार्ता र सम्वाद गर्नुपर्नेमा चिकित्सक पेशालाई नै मानमर्दन गर्ने गरी अस्वाभाविक अभिव्यक्ति दिने, प्रहरी लगाएर धरपकड गर्ने गरेर चिकित्सकहरुलाई चिढ्याउने काम गरेको चिकित्सक संघको ठहर छ ।