Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

अब जेब्रा क्रसिङमा सवारी नरोक्नेलाई पाँच सय जरिवाना

By kit 4 मिनेट पढाइ

पढ्न करिब 2 मिनेट लाग्छ
प्रकाशित:

चैत २८, काठमाडौं । अब सडकको जेब्रा क्रसिङमा पैदलयात्रुलाई प्राथमिकता नदिने सवारी चालकमाथि कारवाही हुने भएको छ । पैदलयात्रुलाई बाटो काट्न जेब्रा क्रसिङ बनाइएको ठाउँमा पनि सवारी चालकले गाडी नरोक्ने प्रवृत्ति मौलाएपछि ऐन नै बनाएर कडाई गर्न लागिएको हो ।

काठमाडौं महानगरपालिकाले जारी गरेको ‘सवारी तथा यातायात व्यवस्थापना बिधेयक, २०७५’ मा चालक र सहचालकको कर्तब्य तोकिएको छ ।  ऐनको दफा १२ मा उल्लेखित चालकको कर्तब्यहरुमध्ये बुँदा ‘घ’ मा जेब्रा क्रसिङमा पैदलयात्रुलाई प्राथमिकता नदिने चालकमाथि कारवाहीको व्यवस्था गरिएको छ ।

यो कसुरमा चालकमाथि पहिलो पटक दुई सय र दोस्रो पटक पाँच सय रुपैयाँसम्मको जरिवाना हुने ऐनमा उल्लेख छ ।  यस्तै निर्धारित बाहेकका स्थानमा सवारी साधन रोक्ने, यात्रुसँग अशिष्ट भाषामा कुरा गर्ने र निर्धारित पोशाक नलगाई सवारी साधन चलाउने चालकमाथि पनि सोही जरिवाना हुने भएको छ ।

बस स्टपमा निर्धारित समय भन्दा बढी समय सवारी साधन रोक्ने, अत्यावश्यक अवस्थामा बाहेक हर्न बजाउने चालकमाथि पनि पहिलो पटक दुई सय र दोस्रो पटक पाँच सय जरिवाना गर्ने व्यवस्था गरिएको छ ।

यो ऐन काठमाडौं महानगरपालिकाले महानगर क्षेत्रको हकमा लागू गर्न लागेको हो । प्रमाणीकरण भई एक महिनाभित्र ऐन कार्यान्वयनमा आउने महानगरपालिकाले जनाएको छ ।

ऐनअनुसार अब सवारी साधनमा अश्लिल फोटो टाँस्ने, अश्लिल गीत बजाउने, जथाभावी पार्किङ गर्ने, निर्धारित रुटमा सवारी साधन चलाउन इन्कार गर्ने चालकमाथि जरिवाना गरिनेछ ।

उल्लेखित कसुर गर्ने चालकमाथि अब पहिलो पटक पाँच सय र दोस्रो पटक एक हजार रुपैयाँ जरिवाना हुनेछ ।  यस्तै मदिराजन्य र सूर्तिजन्य पदार्थ सेवन गरी सवारी चलाउने, यौनजन्य दुब्र्यवहार गर्ने र कानूनले निषेध गरेका अन्य क्रियाकलाप गर्ने चालकमाथि पहिलो पटक हजार रुपैयाँ जरिवाना गरिनेछ ।

अनुगमनका क्रममा दोस्रो पटक पनि सोही कसुर गरेको भेटिए सेवाबाटै हटाउन सम्बन्धित कम्पनी वा संस्थालाई सिफारिश गर्नुपर्ने व्यवस्था ऐनमा छ ।

यि कसुरमा अनुगमन समितिको सिफारिस अनुसार सम्बन्धित कम्पनी वा संस्थाले कारवाही गर्नै पर्ने बाध्यकारी व्यवस्था राखिएको छ ।