Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

त्रिभुवन विमानस्थलमा नेपाल सरकारको अनुमति बिना नै भारतीय एयर मार्शल

By kit 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

चैत २९, काठमाडौं | त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल सरकारको अनुमति बिना नै भारतीय एयर मार्शल राखेको पाइएको छ ।

नागरिक उड्डयन सुरक्षा नियमावली २०७३ मा ‘इनफ्लाइट सेक्युरिटी अफिसर’ राख्न पाउने प्रावधान राखिएपछि इन्डियन एयरलाइन्सले विमानभित्र एयर मार्शल राख्न शुरु गरेको हो ।

नियमावलीअनुसार गृह मन्त्रालयबाट स्वीकृति लिएर मात्र एयर मार्शल राख्न पाइने भएपनि अनुमति बिनै एयरलाइन्सले एयर मार्शल राखेको हो ।

नागरिक उड्यन प्राधिकरणका हवाई सुरक्षा प्रमुख प्रकाश ढकालले इन्डियन एयरलाइन्सले एयर मार्शल राख्न अनुमति नलिएको बताए ।

कुनै पनि एयरलाइन्सले इनफ्लाइट सेक्युरिटी अफिसर राख्ने अनुमति माग गर्यो र गृह मन्त्रालयले अनुमति दियो भने त्यसको जानकारी अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको प्राधिकारणलाई जानकारी गराउनुपर्छ ।

कुनै एयरलाइन्सले त्यसरी अनुमति लिएको जानकारी प्राधिकरणलाई नआएको हवाई सुरक्षा प्रमुख ढकालले स्पष्ट पारे ।