Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

अनुदान पाउनबाट छुट भएका भूकम्प पिडितहरुलाई अन्तिम मौका

By kit 3 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

चैत २९, काठमाडौं । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले सरकारी अनुदान पाउनबाट छुट भएका भूकम्प पिडितहरुलाई अन्तिम मौका दिने भएको छ ।

भूकम्पपछि घर भत्किएका प्रभावितले वैशाख मसान्तसम्म आफ्नो घरको सर्वे गराउन पाउने समयसिमा तोकिएको छ ।

गत चैत १५ देखि वैशाख मसान्तसम्म भूकम्प प्रभावित जिल्लाहरुमा स्थलगत लगत संकलनको काम भइरहेकोले आफ्नो वडामा खटिएका प्राविधिकहरु मार्फत स्थलगत लगत संकलन गराउन प्राधिकरणले भनेको छ ।

शुक्रबार विभिन्न सञ्चार माध्यमहरुमा सूचना प्रकाशन गर्दै स्थानीय तहमा खटिएका प्राविधिक, सम्बन्धित जिल्ला आयोजना कार्यान्वयन इकाई वा सम्वन्धित स्थानीय तहमा सम्पर्क राख्न आग्रह गरेको छ ।

प्राधिकरणले हालसम्म ३ लाख ८२ हजार ४३ घर निर्माण सम्पन्न भएको ६ लाख १२ हजार १ सय ५२ घर निर्माणाधीन अवस्थामा रहेको जनाएको छ ।

भूकम्पपछि निजी घर निर्माणका लागि प्राधिकरणले अति प्रभावित १४ जिल्लामा ६ लाख ६३ हजार १४ र कम प्रभावित १८ जिल्लामा ९२ हजार ८ सय ८४ परिवारलाई पहिलो किस्ताको ५० हजार अनुदान दिएको थियो ।