पढ्न करिब 1 मिनेट लाग्छ
<p><b>बैशाख ५, काठमाडौं ।</b> सुनको भाउ बिहीबार तोलामा ५९ हजार १०० मा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । </p><p>सुनको भाउ बुधबार तोलामा ५९ हजार ३०० मा कारोबार भएको थियो । यस्तै तेजावी सुन तोलामा ५८ हजार ८०० मा कारोबार भइरहेको छ । </p><p>यस्तै चाँदी तोलामा ७२५ मा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । चाँदी बुधबार पनि यही मूल्यमा कारोबार भएको थियो । </p>

