२०८३, १८ जेष्ठ सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मेक्सिकोमा १३ जनाको हत्या, बस दुर्घटनामा ११ जनाको मृत्यु

२०७६, ७ बैशाख शनिबार १०:१२

बैशाख ७, मेक्सिको । मेक्सिकोको पूर्वी राज्य भेराक्रुजको एक पार्टीमा अपरिचित बन्दुकधारीले चलाएको गोली लागेर एक बालक सहित १३ जनाको मृत्यु भएको छ ।

सार्वजनिक सुरक्षा निकायले पारिवारिक पुनर्मिलनको पार्टी चलिरहेको समयमा “एल बेकी” नाम गरेका स्थानीय बार सञ्चालकको खोजीमा आएको एक बन्धुकधारी समूहले अन्धाधुन्ध गोली चलाएको जनाएको छ । 

गोली लागेर सात जना पुरुष, पाँच जना महिला र एक बच्चाको मृत्यु भएको छ भने चार जना घाइते भाएका छन् ।

गोली प्रहार गर्नुको कारण अद्यापी थाहा हुन सकेको छैन, तर भेराक्रुजमा संगठित अपराध र बन्दुक हानाहानका हिंसात्मक घटना बारम्बार हुने गरेका छन् । यस्तो भिडन्त सामान्यतया लागूपदार्थका तस्करहरुबीच हुने गरेको प्रहरीले जनाएको छ ।

मेक्सिकोका तत्कालीन राष्ट्रपति फेलिपे काल्डेरोनले लागूपदार्थका तस्करविरुद्ध सन् २००६ देखि आक्रामक कारबाही थालेयता तीन लाखभन्दा बढी व्यक्तिको मृत्यु भइसकेको छ । 

यसैबीच, कजाकस्तानमा शनिबार बिहानै भएको एक बस दुर्घटनामा कम्तीमा ११ जनाको मृत्यु भएको स्थानीय सञ्चार माध्यमले जनाएका छन् ।रासस-एएफपी

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कृष्ण महरालाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश प्रतिनिधि सभाको बैठकमा विपक्षी दलको अवरोध जारी प्रधानमन्त्रीको अभिव्यक्तिबारे ताली बजाउने सांसदलाई प्रश्न गरौं: गगन थापा सीमा विवादजस्तो विषयको सन्दर्भमा नेपालका केही स्थापित अडान र कथनहरू छन्, प्रमाणहरू छन्: गगन थापा प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट हटाइयोस् : ज्ञानेन्द्र शाही नेकपा एमालेले माग्यो प्रधानमन्त्री शाहको राजीनामा प्रधानमन्त्रीको भनाइलाई लिएर राष्ट्रिय सभामा विरोध प्रतिनिधिसभाको बैठक सुरू सदनमा प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रघाती: श्रम संस्कृति पार्टी रास्वपा सभापति लामिछाने भारत प्रस्थान प्रधानमन्त्रीज्यूले नेपालले भारतको भूमि कहाँ–कहाँ अतिक्रमण गरेको छ त्यसको तथ्य सार्वजनिक गरिदिनुहुन हार्दिक अपिल गर्दछु: आशिका तामाङ सिंहदरबारमा प्रतिपक्षी दलको बैठक बस्दै सुनको मूल्य घट्यो, चाँदीको मूल्य बढ्यो प्रतिनिधि सभा बैठक बस्दै खोलाको पुलमुनि सेतो प्लाष्टिकको बोरामा महिलाको शव फेला भोलि फेरि हामी स्थापित दलहरूले नै यो देश सम्हाल्ने, समाज सम्हाल्ने अवस्था आउँछ: वर्षमान पुन सरकारले गरिबीको समस्या समाधान गर्नुभन्दा गरिबप्रति उदासीन दृष्टिकोण अपनाएको छ: गगन थापा हामी टाउको लुकाएर भाग्नुपर्ने स्थिति छैन : माधवकुमार नेपाल जनतालाई खुशी र देशलाई समृद्ध बनाउने गरी कानून निर्माण गर्नुपर्छ : सभामुख अर्याल वर्तमान आर्थिक नीतिहरूले सर्वसाधारण, व्यवसायी तथा निजी क्षेत्रलाई नकारात्मक असर पुर्‍याउनेछन्: दुर्गा प्रसाईँ