२०८३, १५ बैशाख मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘ठूला भूकम्प गएको ठाउँमा दशौँ वर्ष परकम्प’

२०७६, १२ बैशाख बिहीबार १६:३५

नारायण अधिकारी | वैशाख १२, चितवन (रासस) | भूकम्प गएका क्षेत्रमा दशौँ वर्षसम्म परकम्प गइरहने विज्ञले बताएका छन् । नेपालको भूकम्पीय जोखिम र भूकम्पीयतामा विद्यावारिधी गर्नुभएका प्रा डा हरिहर पौडेलका अनुसार यसकै निरन्तरताका रुपमा नेपालमा चार वर्षअघिको भूकम्पपछि परकम्प गइरहेको हो । 

पौडेलका अनुसार जमीनमुनि इण्डियन र तिब्बतियन प्लेट निरन्तर ठोक्किइरहन्छ । इन्डीयन प्लेट तिब्बतीयन प्लेटको मुनि पस्नेक्रम निरन्तर भइरहेको भन्दै उहाँले यसबाट हुने शक्ति सञ्चय भूकम्पीयमाध्यमबाट क्षय हुने बताउनुभयो । ठूला भूकम्पपछि बाँकी रहेको शक्तिका कारण परकम्प गइरहने पौडेलले बताउनुभयो । जमीनभित्र भौगर्भिक हलचल निरन्तर भइरहेको सङ्केत परकम्पले दिने उहाँले बताउनुभयो । 

सोही ठाउँमा तत्काल ठूला भूकम्प जाने सम्भावना रहे पनि केही समयपछि भने परकम्प मात्र जाने पौडेलले बताउनुभयो । जमीनमुनिको शक्ति भूकम्पीय तरङ्गले बाहिर ल्याउँदा सतहमा भएका संरचनामा कम्पन आउने उहाँ बताउनुहुन्छ । सन् १९९० मा पूर्वी नेपालको चैनपुर केन्द्रबिन्दु भई भूकम्प जाँदा १० हजार ७०० जनाले ज्यान गुमाएको र त्यसको प्रभाव भारतको दरबङ्गासम्म पुगेको उहाँले बताउनुभयो । 

विसं २०४५ मा धरानमा ६ दशमलव ४ रेक्टरको भूकम्प गएको र अब भूकम्पको जोखिम पश्चिम नेपालमा रहेको पौडेलले बताउनुभयो । पश्चिम नेपालमा ५०० वर्षभन्दा बढी समयदेखि ठूलो भूकम्प नगएको र शक्ति सञ्चय भइरहेको उहाँको भनाइ छ । भूकम्पीय जोखिम कम गर्न सरकारले सर्वसाधारणलाई सचेत गराउनुपर्ने पौडेल बताउनुहुन्छ । कमजोर संरचनाले क्षति पुर्याउने भएकाले बलिया संरचना बनाउन र भूकम्प जाँदा  आपत्कालीन व्यवस्था गर्नुपर्ने उहाँको भनाइ छ । चार वर्षअघि आजकै दिन गोरखाको बारपाकमा केन्द्रबिन्दु भएर गएको भूकम्पका कारण ठूलो धनजनको क्षति भएको थियो । 

चार वर्षमा १६ विद्यालय पुनःनिर्माण 

चार वर्षअघि गएको भूकम्पका कारण भत्किएका १५९ विद्यालयमध्ये १६ विद्यालय मात्र पुनःनिर्माण गरिएको छ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला आयोजना एकाइ (शिक्षा) चितवनले दिएको जानकारीअनुसार भूकम्पबाट भत्किएका संरचनाको पुनःनिर्माणको काम हालसम्म १० प्रतिशत मात्र भएको छ । 

कार्यालयका प्रमुख भक्तराज सेञ्चुरीका अनुसार हालसम्म पुनःनिर्माण गर्नुपर्ने १५९ विद्यालयमध्ये १६  विद्यालयका ४४ कक्षाकोठा मात्रै निर्माण भएका छन् । अघिल्लो आर्थिक वर्ष र चालू आर्थिक वर्षमा ती विद्यालय निर्माण भएका हुन् । चालू आर्थिक वर्षमा ३६ विद्यालयमा ११५ कक्षाकोठा निर्माण गरिएको छ । 

कार्यालयका इञ्जिनीयर सरोज श्रेष्ठका अनुसार चालू आर्थिक वर्षका लागि विनियोजित रु १८ करोड आठ लाख बजेटमध्ये हालसम्म रु १० करोड ५० हजार मात्र खर्च भएको छ । चितवन कम प्रभावित जिल्लाका रुपमा पर्ने हुँदा शिक्षाको कार्यक्रममा पर्याप्त बजेट नआउँदा कामको प्रगति कम देखिएको उहाँले बताउनुभयो । कार्यालयका प्रमुख सेञ्चुरीका अनुसार १५९ विद्यालयमध्ये कतिपय विद्यालय मर्मत सम्भारमा मात्रै परेका छन् । ती विद्यालयको काम भइरहेको छ ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विभिन्न देश पठाउने भन्दै रकम ठगी गर्ने दुई जना पक्राउ जीवित संसद हुँदाहुँदै अध्यादेशमार्फत अघि बढ्नु संसदीय अभ्यासमाथिको गम्भीर हमला हो: खुश्बु ओली पहुँचका भरमा सुविधा लिइरहेकाबाट ६२२ वटा सवारी साधन फिर्ता नेप्से परिसूचकमा भारी गिरावट नुहाउन गएकी एक महिलाको करेन्ट लागेर मृत्यु सुनको सिक्री लुटपाटमा संलग्न पाँच जना पक्राउ देशका अधिकांश क्षेत्रमा वर्षाको सम्भावना कांग्रेस देउवा पक्षको बैठक सुरु ट्रकको ठक्करबाट काठमाडौँमा पैदलयात्रीको मृत्यु कपडा तथा किराना सामानसहित चार वटा मोटरसाइकल नियन्त्रणमा सुनचाँदीको मूल्य घट्यो नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा नेकपाको राष्ट्रिय महाधिवेशन मङ्सिरमा सञ्चारमन्त्रीसँग जापानी राजदूतको भेटवार्ता नक्कली मुद्रा देखाएर ठगी गर्ने गिरोह पक्राउ शौचालयमा लडेर एक जना सशस्त्र प्रहरी हवल्दारको मृत्यु कांग्रेसका कार्यकर्ताको भावनाअनुसार सर्वसम्मत निर्णय गर्न ढिला भएको हो: गगन थापा दुई दिनदेखि अवरुद्ध बीपी राजमार्ग खुल्यो शेयर बजारमा झिनो सुधार यी हुन् मन्त्रिपरिषद्का तीन निर्णय