२०८३, १८ जेष्ठ सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

केरलाका कलेजमा बुर्का लगाउन ‘प्रतिबन्ध’

२०७६, १९ बैशाख बिहीबार १५:२२

वैशाख १९, केरला, भारत ।  भारतको केरला अन्तर्गतको मुस्लीम शिक्षा समाज (एमइएस)ले मातहतका क्याम्पसहरुमा बुर्काको प्रयोगमा प्रतिबन्ध लगाएको छ । 

समाजको तर्फबाट परिपत्र जारी गर्दै कुनै पनि कलेजमा मुस्लीम महिला तथा छात्राहरुलाई बुर्का लगाउन नदिन आग्रह गरिएको छ ।  

आफ्नो औपचारिक मुखपत्र ‘सामना’ मार्फत भारतको हिन्दूवादी पार्टी शिव सेनाले बुर्का हटाउन माग गरेको भोलिपल्ट मुस्लीम शिक्षा समाजको यस्तो निर्णय आएको हो ।

केही दिन अगाडि श्रीलङ्कामा भएको आक्रमणको घटनापछि श्रीलङ्कमा सुरक्षालाई मध्यनजर गर्दैै बुर्का प्रतिबन्ध लगाइएको थियो । त्यसैको आधारमा भारतमा पनि बुर्का प्रतिवन्ध लगाउन उनीहरुले माग गरेका हुन् ।

‘सामना’ले रावणको लङ्कामा त्यस्तो घटना भएकाले रामको अयोध्यामा पनि त्यस्तै घटना हुनसक्ने भन्दै सतर्क हुन आग्रह गर्नुपरेको उल्लेख गरेको छ ।

आउँदो बुधबार प्रधानमन्त्री नरेन्द्र मोदी अयोध्या आउने कार्यक्रम रहेकाले प्रधानमन्त्री मोदीलाई पनि सो पत्रिकाले बुर्का प्रतिबन्ध लगाउन ध्यानकर्षण गराएको थियो ।

भारतको गणतन्त्र पार्टीले भने बुर्का देशको सांस्कृतिक पाटो भएकाले त्यसलाई प्रतिवन्ध लगाउन नमिल्ने तर्क गरेको छ ।रासस / एएनआई

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कृष्ण महरालाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश प्रतिनिधि सभाको बैठकमा विपक्षी दलको अवरोध जारी प्रधानमन्त्रीको अभिव्यक्तिबारे ताली बजाउने सांसदलाई प्रश्न गरौं: गगन थापा सीमा विवादजस्तो विषयको सन्दर्भमा नेपालका केही स्थापित अडान र कथनहरू छन्, प्रमाणहरू छन्: गगन थापा प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट हटाइयोस् : ज्ञानेन्द्र शाही नेकपा एमालेले माग्यो प्रधानमन्त्री शाहको राजीनामा प्रधानमन्त्रीको भनाइलाई लिएर राष्ट्रिय सभामा विरोध प्रतिनिधिसभाको बैठक सुरू सदनमा प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रघाती: श्रम संस्कृति पार्टी रास्वपा सभापति लामिछाने भारत प्रस्थान प्रधानमन्त्रीज्यूले नेपालले भारतको भूमि कहाँ–कहाँ अतिक्रमण गरेको छ त्यसको तथ्य सार्वजनिक गरिदिनुहुन हार्दिक अपिल गर्दछु: आशिका तामाङ सिंहदरबारमा प्रतिपक्षी दलको बैठक बस्दै सुनको मूल्य घट्यो, चाँदीको मूल्य बढ्यो प्रतिनिधि सभा बैठक बस्दै खोलाको पुलमुनि सेतो प्लाष्टिकको बोरामा महिलाको शव फेला भोलि फेरि हामी स्थापित दलहरूले नै यो देश सम्हाल्ने, समाज सम्हाल्ने अवस्था आउँछ: वर्षमान पुन सरकारले गरिबीको समस्या समाधान गर्नुभन्दा गरिबप्रति उदासीन दृष्टिकोण अपनाएको छ: गगन थापा हामी टाउको लुकाएर भाग्नुपर्ने स्थिति छैन : माधवकुमार नेपाल जनतालाई खुशी र देशलाई समृद्ध बनाउने गरी कानून निर्माण गर्नुपर्छ : सभामुख अर्याल वर्तमान आर्थिक नीतिहरूले सर्वसाधारण, व्यवसायी तथा निजी क्षेत्रलाई नकारात्मक असर पुर्‍याउनेछन्: दुर्गा प्रसाईँ