नुवाकोटमा टायरले लाग्दा दुई जना घाइते

साझासवाल

<p>&nbsp;<b>वैशाख १९, विदुर ।</b> नुवाकोटको विदुर नगरपालिका–५ मा टायर कान्लाबाट अचानक गुडेर आउँदा मोटरसाइकल दुर्घटनामा परी दुई जना घाइते भएका छन् ।&nbsp; पीपलटारबाट बट्टारतर्फ आउँदै गरेको बा ६७ प,५५७९ नम्बरको मोटरसाइकल माझीटारस्थित सडकमा आफ्नै लेनमा गुडिरहेका समयमा टायरले मोटरसाइकललाई ठक्कर दिई सडक तल खसालेको जिल्ला प्रहरी कार्यलय नुवाकोटले जनाएको छ ।&nbsp;<br></p><p><span style="white-space:pre"> </span>दुर्घटनामा परी चालक ४९ वर्षीय जयराम मगर सामान्य घाइते र पछाडि सवार ४० वर्षीया मखमली थापा मगर गम्भीर घाइते भएको बताइएको छ ।&nbsp; प्रहरीका अनुसार घाइते जयराजको विदुरस्थित चक्रदेव पोलिक्लिनिकमा सामान्य उपचार गरी थप उपचारका लागि काठमाडौँ पठाइएको छ ।&nbsp;&nbsp;</p>

Leave a Comment

Leave a Reply