पेट्रोल, डिजेल र मटितेलको मुल्य बढ्यो, नयाँ मुल्य कति ?

साझासवाल
1 Min Read

वैशाख १९, काठमाडौं । नेपाल आयल निगमले पेट्रोल र डिजेल/मटितेलको मूल्य बढाएको छ ।  खाना पकाउने एलपी ग्याँस र हवाई ईन्धनको हकमा खुद्रा विक्री मूल्य यथावत राखिएको छ ।

पेट्रोलमा  १ रुपैयाँ ५० पैसा बढाइएको छ भने डिजेल र मटितेलमा १/१ रुपैयाँ भाउ बढेको छ  । बढेको मुल्य शुक्रबार राती १२ बजेबाट लागू हुनेछ ।

पेट्रोलमा काठमाडौंको नयाँ खुद्रा विक्री मूल्य १११ रुपैयाँ ५० पैसा पुर्‍याइएको  छ । डिजेल र मट्टतिेको मूल्य ९८ रुपैयाँ कायम भएको निगमका प्रवक्ता विरेन्द्र गाइतले बताए ।

पछिल्लो १०/१५ दिनमा अन्तराष्ट्रिय बजारमा पट्रोलियम पदार्थको मूल्य उल्लेख्य रुपमा बढेकोले मूल्य बढाउनुपरेको उनको भनाइ छ ।

यो मूल्य वीरगञ्जतर्फको सीमा मूल्यमा पेट्रोलमा १३.६७ प्रति लिटर र डिजेल १५.६४ प्रति लिटरले नेपालतर्फ नै सस्तो रहेको निगम बताउँछ ।

अमेरिकी डलरको तुलनामा नेपाली र भारतीय मुद्राको अवमुल्यन भएकाले इण्डियन आयल कर्पोरेशनबाट १ मे २०१९ मा मूल्य बढेर आएको निगमको दावी छ ।

Share This Article
Leave a Comment

Leave a Reply