Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

सयौँ केटाहरुमाथि यौन शोषण गरेको आरोपमा बास्केट बल कोचलाई १८० वर्ष जेल सजाय

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

बैशाख २३, काठमाडौं । अमेरिकाको युथ बास्केटबल कोचलाई यौन शोषणका कैयौँ अपराधका कारण वर्षको जेल सजाय सुनाएको छ । ४३ वर्षका ग्रेग स्टिफनलाई कैयौँ वर्षसम्ममा करिब ४ सय केटालाई यौन शोषण गरेकामा दोषी पाइएको थियो ।

वासिङ्टन पोस्टले दिएको समाचरमा स्टिफन आयोवा ब्रनस्टामर्समा एलिय युथ प्रोग्राम चलाउँछन् । उनले केटाहरुसँग बिना लुगा होटल तथा आफ्ना दुई निवासमा सुतेको समयमा क्यामरामा रेकर्ड गरेका थिए । स्टिफनका वकिलले उनका लागि २० वर्ष सजायका लागि आग्रह गर्दै उनी अब समाजका लागि खतरा नभएको बताएका थिए ।

उनका विरोधी वकिलले स्टिफन आफैँले १३ जना बच्चाको निजी अंग खेलाएको कुरा स्वीकारेको तर्क दिएका थिए । एक केटाले प्रहरीसमक्ष दिएको बयानमा स्टिफनको सम्बन्ध उनको कलेजको फुटबल टिमसँग पनि भएकाले आफू कैयौँ वर्षसम्म चुप रहेको बताएका थिए । यो समाचार नेपाल समाचार पत्रमा प्रकाशित छ ।