२०८३, १८ जेष्ठ सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘स्टिङ अपरेशन’ गर्न दिएको घुस रकम हराएपछि…

२०७६, २७ बैशाख शुक्रबार ०५:४७

काशीराम शर्मा, वैशाख २७, बाँके ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवल सम्पर्क कार्यालय नेपालगञ्जले वैशाख २१ गते साँझ नेपालगञ्ज चारबाहिनीस्थित श्री लयर्स च्याम्बरमा छापा मा¥यो । सो क्रममा उच्च अदालत तुलसीपुर नेपालगञ्ज इजलासका टाइपिस्ट सुब्बा कृष्णकुमार पाठकलाई पक्राउ ग¥यो ।

 मुद्दामा सहजीकरण गरिदिने भन्दै पाठकले सेवाग्राहीसँग घुस मागेको उजुरीका आधारमा अख्तियारको टोलीले उनलाई समातेको थियो । पाठक पक्राउपछि अख्तियारले एक विज्ञप्ति जारी गर्दै रु तीन लाख घुससहित पाठकलाई रङ्गेहात समातेको भन्यो । तर, घटना त्यसो थिएन । 

घुस रकम भनिएको रु तीन लाख पाठकबाट बरामद नभएको रहस्य खुल्यो । अख्तियारले भनेजस्तो रङ्गेहात घुस रकमसहित पाठक पक्राउ परेनन् । जसका कारण यतिखेर अख्तियारभित्र तनाव भएको छ । आर्थिक अनियमितता नियन्त्रणमा सक्रिय रहेको अख्तियारकै लापरवाहीले तनाव भएको हो । 

यसरी गायब भयो घुस रकम 

वैशाख २१ गते शनिबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस लिने कर्मचारीविरुद्ध ‘स्टिङ अपरेशन’ गर्दै भ्रष्टाचार मुद्दा चलायो । घुस माग्ने कर्मचारीलाई मुद्दा चलाउन उसले सेवाग्राहीलाई घुस रकम उपलब्ध गराउने गर्छ । जुन रकम सेवाग्राहीले कर्मचारीलाई बुझाउँछन् । ती नोटको फोटोकपी यसअघि नै अख्तियारले राखेको हुन्छ ।

यसप्रकार घुस माग्ने कर्मचारीलाई उजुरीकर्ताको सहयोगमा रकम दिएर गरिने कारवाही नै ‘स्टिङ अपरेशन’ हो । उच्च अदालतका कर्मचारी पाठकलाई पक्राउ गर्न पनि यही विधि अपनाएको थियो अख्तियारले । तर, अख्तियार यो पटक भने चुक्यो । सेवाग्राहीलाई उपलब्ध गराएको घुस रकम नै गायब भएको छ । अर्थात् पक्राउ परेका अभियुक्तबाट रकम फेला परेन ।

घुस रकम लिएर सेवाग्राही घटनास्थलतिर लागे, उनीसँगसँगै आयोग टोली रङ्गेहात समात्ने भनेर अख्तियार पछिपछि लाग्यो । तर, अख्तियारको टोलीले पाठकलाई आफ्नो नियन्त्रणमा लियो । घुस रकम भने लिन पाएन ।

घुस रकमसहित पाठकका छोरा फरार

श्री लयर्स च्याम्बरमा घुस लेनदेन भएको पाइएको भन्दै अख्तियारले अदालतभित्र हुने भ्रष्टाचारमा वकिलको संलग्नताबारे पनि अनुसन्धान अघि बढायो । आर्थिक लेनदेन भइरहेको ल फर्ममा केही ढिला पुगेको आयोगको यही कमजोरीको भरपूर फाइदा उठाइएको छ । ल फर्ममा पाठकका छोरा विपीन पनि घुस लेनदेनका क्रममा सँगै थिए ।

घुस लेनदेन भइसकेपछि विपीनले तत्कालै बुबा पाठकको इशारा बुझेर तीन लाख रकम लिएर सुइँकुच्चा ठोके । आयोग कर्मचारी पुग्दा उनी त्यहाँबाट टाप कसिसकेका थिए । पाठकले चलाखीपूर्ण घुसको कारोबार गर्दै लिएको घुस रकम छोराका साथ पठाए । जब अख्तियारको टोली ल फर्म पुग्यो, विपीन ओझेल परिसकेका थिए ।

पाठकले अख्तियारको टोलीभन्दा एक कदम अघि बढेर चलाखी गरेका रहेछन् । जसबाट अख्तियारका अधिकारीहरु अचम्मित हुनुका साथै तनावमा पनि परेका छन् । रङ्गेहात भने पनि घुस रकम बरामद नहुँदा यो मुद्दा कमजोर बनेको छ । अनि अख्तियारले सार्वजनिकरूपमा रङ्गेहात पक्राउ भनेको कुरा पनि झुठो सावित भएको छ ।

 घुस रकम लिएर फरार भएको भनिएका विपीन फेला नपर्दासम्म यो विषयको समाधान लाग्ने देखिँदैन । घुस रकम लिएर विपीन भारततिर लागेको बुझिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवल सम्पर्क कार्यालय नेपालगञ्जका सूचना अधिकारी कृष्णप्रसाद पौडेलले अनुसन्धानका क्रममा रहेको भन्दै पाठकका छोराको खोजी भइरहेको बताउनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कृष्ण महरालाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश प्रतिनिधि सभाको बैठकमा विपक्षी दलको अवरोध जारी प्रधानमन्त्रीको अभिव्यक्तिबारे ताली बजाउने सांसदलाई प्रश्न गरौं: गगन थापा सीमा विवादजस्तो विषयको सन्दर्भमा नेपालका केही स्थापित अडान र कथनहरू छन्, प्रमाणहरू छन्: गगन थापा प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट हटाइयोस् : ज्ञानेन्द्र शाही नेकपा एमालेले माग्यो प्रधानमन्त्री शाहको राजीनामा प्रधानमन्त्रीको भनाइलाई लिएर राष्ट्रिय सभामा विरोध प्रतिनिधिसभाको बैठक सुरू सदनमा प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रघाती: श्रम संस्कृति पार्टी रास्वपा सभापति लामिछाने भारत प्रस्थान प्रधानमन्त्रीज्यूले नेपालले भारतको भूमि कहाँ–कहाँ अतिक्रमण गरेको छ त्यसको तथ्य सार्वजनिक गरिदिनुहुन हार्दिक अपिल गर्दछु: आशिका तामाङ सिंहदरबारमा प्रतिपक्षी दलको बैठक बस्दै सुनको मूल्य घट्यो, चाँदीको मूल्य बढ्यो प्रतिनिधि सभा बैठक बस्दै खोलाको पुलमुनि सेतो प्लाष्टिकको बोरामा महिलाको शव फेला भोलि फेरि हामी स्थापित दलहरूले नै यो देश सम्हाल्ने, समाज सम्हाल्ने अवस्था आउँछ: वर्षमान पुन सरकारले गरिबीको समस्या समाधान गर्नुभन्दा गरिबप्रति उदासीन दृष्टिकोण अपनाएको छ: गगन थापा हामी टाउको लुकाएर भाग्नुपर्ने स्थिति छैन : माधवकुमार नेपाल जनतालाई खुशी र देशलाई समृद्ध बनाउने गरी कानून निर्माण गर्नुपर्छ : सभामुख अर्याल वर्तमान आर्थिक नीतिहरूले सर्वसाधारण, व्यवसायी तथा निजी क्षेत्रलाई नकारात्मक असर पुर्‍याउनेछन्: दुर्गा प्रसाईँ