वैशाख २९, काठमाडौँ | एपीवान टेलिभिजनबाट प्रशारण भइरहेको 'को बन्छ करोडपति' सिजन १ को इपिसों ४२ बाट राजिव जैनले पहिलो पटक १ करोड रुपैयाँ जितेका छन् ।

आइतबारको शोमा उनले १ करोड रुपैयाँ जितेका हुन् । 'को बन्छ करोडपति'मा १ करोड जित्ने उनीनै पहिलो सहभागि बनेका छन् ।

२००७ साल प्रजातान्त्रिकपछिको पहिलो ऐतिहासिक चुनाव कहिले घोषणा गरिएको थियो भन्ने प्रश्नको सही उत्तर २०१४ माघ १९ गते दिएर उनले १ करोड जितेका हुन् ।

जैनलाई १ करोडको चेक कार्यक्रम प्रस्तोता राजेश हमालले प्रदान गरे ।

डेभिड व्रिक्स, माइक ह्वाइटहिल र स्टेभेन नाइटले शुरु गरेको who wants to be a millionaire प्रशारणमा ल्याउंने नेपाल १ सय ६१ औ देश हो । वेलायतमा सन १९९८ सेप्टेम्बर ४ मा शुरु भएको who wants to be millionaire कार्यक्रम भारतमा मात्रै ४ वटा भाषामा प्रशारण हुँदै आएको छ ।

नेपालमा यो कार्यक्रम पहिलो पटक एपी वान एचडीमा २ फेब्रुअरी २०१९ मा प्रसारण शुरु भएको हो । एक सिजनमा कुल ५२ श्रीन्खलामा चल्ने कार्यक्रम अब थप १० श्रृङ्खलासम्म चल्ने छ ।