Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

जनताले चाहेको जस्तो सेवा प्रदान गर्नुपर्छः मन्त्री अर्याल

By साझासवाल 3 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

जेठ १९, इलाम । भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारणमन्त्री पद्माकुमारी अर्यालले मालपोत र नापी कार्यालयले जनताले चाहेको जस्तो सेवा प्रदान गर्नुपर्ने बताउनुभएको छ ।

मालपोत कार्यालय भवन इलामको आज उद्घाटन गर्दै उहाँले भन्नुभयो, “कागजी कामले गर्दा कार्यालयको काम कारवाहीमा केही समस्या देखिएको हुँदा अब अनलाइन प्रणालीबाट काम शुरु गर्नुपर्छ ।”

मन्त्री अर्यालले भष्टाचार बढी हुने भएर नापी र मालपोत कार्यालयका कर्मचारी बढी अख्तियारका फन्दामा पर्थे र औँला बढी उठाइन्थ्यो तर, अब ती औँला भाँच्ने गरी काम गर्नुपर्छ भन्दै थोरै रकमका लागि कर्मचारीलाई ‘लालचमा’ नफस्न आग्रह गर्नुभयो ।

झण्झटिलोे हिसाबले नेपालका मालपोत कार्यालय विश्वको ८०आँै स्थानमा पर्ने गरेको बताउँदै उहाँले अहिलेको प्रविधिलाई आत्मसात गरेर काम गर्ने हो भने हाम्रो देशका मालपोत कार्यालय पनि डेढवर्षमा उत्कृष्ट १० मालपोत कार्यालयमा पर्ने दाबी गर्नुभयो ।

भूमि, व्यवस्था तथा अभिलेख विभागका महानिर्देशक गोकर्णमणि दवाडीले आपाङ्गता भएका वा पहुँचमा नपुगेका सबै सेवाग्राहीलाई सहज तरिकाले सेवा दिनुपर्ने बताउँदै कार्यालयमा सधैँ भीड लागेर सेवा लिनुपर्ने सेवाग्राहीलाई त्यो झण्झटबाट मुक्त गर्न अनलाइन पद्दति ल्याइएको जानकारी दिनुभयो ।

महानिर्देशक दवाडीले मालपोतमा जग्गा कारोबार गर्न सेवाग्राहीले घरबाटै फाराम भर्ने व्यवस्था मिलाइएको जानकारी दिनुभयो ।