साउन ३०, काठमाडौँ | प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आकस्मिक निरीक्षण गर्दै कार्यरत प्रहरी कर्मचारीले यात्रुहरुसँग सभ्य, शिष्ट र यात्रुमैत्री व्यवहार गर्नुपर्नेमा जोड दिनुभएको छ ।

विमानस्थलको निरीक्षणका क्रममा आज प्रहरी कर्मचारीहरुलाई निर्देशन दिँदै प्रहरी महानिरीक्षक खनालले प्रहरी कर्मचारीले व्यक्तिगत एवम् पेशागत आचरण र व्यवहारमा थप सुधार गरी आफ्नो जिम्मेवारीमा लगनशील, निष्पक्ष र निःस्वार्थ हुनसमेत निर्देशन दिनुभयो ।

विमानस्थल सुरक्षा कार्यालयमा कार्यरत प्रहरी कर्मचारीहरु खटिएकै ठाउँमा पुगेर उनीहरुले गरिरहेका यात्रु सुरक्षा जाँच, लगेज स्क्रिनिङलगायत हवाई सुरक्षासँग सम्बन्धित प्रहरीको कामकारवाहीको उहाँले निरीक्षण गर्नुभएको थियो । उहाँले विमानस्थलका अधिकारीहरुसँग भेटघाट गरी सुरक्षालाई अझ प्रभावकारी बनाउने विषयमा समेत छलफल गर्नुभयो । रासस

त्रिभुवन विमानस्थलमा प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालद्वारा आकस्मिक निरीक्षण
Leave a Comment