2026-09-13 01:44 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बर्दिया - BRD

७७ जिल्लाहरुलाई उछिन्दै बर्दिया प्रथम

साउन ३०, बर्दिया | देशभरका ७७ जिल्लाहरुलाई उछिन्दै बर्दिया जिल्ला प्रशासन कार्यालय (जिप्रका) पहिलो भएको छ । अघिल्लो वर्षको कार्य सम्पादनसम्बन्धी नेपाल सरकारको मूल्याङ्कनमा बर्दिया जिप्रका पहिलो भएको हो । अर्थिक वर्ष २०७५/७६ को कार्य सम्पादनमा देशभरका ७७ जिल्लामध्ये नेपाल सरकार गृह मन्त्रालयको मूल्याङ्कनमा जिल्ला प्रहरीसहित जिल्ला प्रशासन कार्यालय बर्दिया पहिलो भएको प्रजिअ रामबहादुर कुरुम्वाङ्गले जानकारी दिनुभयो ।

बर्दियाको शान्तिसुरक्षा, सुशासन, सेवा प्रवाह, विपद् व्यवस्थापन, घुम्ती सेवा प्रवाह, विकास निर्माणको अनुगमन, बजार अनुगमन लगायतका राम्रा काममा बर्दिया जिल्ला प्रशासन कार्यालयले पहिलो प्राथमिकतामा राखेको उहाँले बताउनुभयो । झण्डै १४ महीनाअघि बर्दिया आउनुभएका कुरुम्वाङले बर्दिया बसाइका क्रममा काम गर्दा सबैबाट ठूलो सहयोग प्राप्त भएको बताउनुभयो । प्रजिअ कुरुम्वाङले आफ्ना सहकर्मी, सञ्चारकर्मी, नागरिक समाजलगायत सम्पूर्ण बर्दियावासीको सहयोगले गर्दा काम गर्न सहज भएको बताउनुभयो ।

बर्दियावासीको सहयोगका कारण देशभरमै पहिलो जिल्ला हुन सफल भएकामा गौरवान्वित भएको कुरुम्वाङले बताउनुभयो । बर्दियाका प्रजिअ कुरुम्वाङ ‘इन्टिग्रिटी आइडल २०१८ बाट ६ महीना अघि विजेता हुनुभएको थियो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले निजी क्षेत्रलाई तर्साउने काम बन्द गर्नुहोस् : वर्षमान पुन