<p>साउन ३०, गोरखा | पालुङटार नगरपालिका–५ चियानडाँडाको जङ्गलमा जुवा खेल्दै गरेका आठ जनालाई प्रहरीले पक्राउ गरेको छ । जङ्गलको बीचमा टेण्ट टाँगेर जुवा खेलिरहेको अवस्थामा उनीहरुलाई आज पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक महेन्द्र नेपालले जानकारी दिनुभयो । <br></p><p>जुवाको खालबाट प्रहरीले रु तीन लाख ८७ हजारसमेत बरामद गरेको छ । गण्डकी प्रदेश प्रहरीको अनुसन्धान ब्यूरो र इलाका प्रहरी कार्यालय ठाँटीपोखरीको टोलीले उनीहरुलाई पक्राउ गरेको हो । उनीहरुविरुद्ध जुवा ऐनअन्तर्गत मुद्दा दर्ता गरी कारवाही प्रक्रिया अगाडि बढाइएको नेपालले जानकारी दिनुभयो । </p><p>रासस</p>
जंगलको बीचमा जुवा खेल्दै गरेका ८ जना पक्राउ, तीन लाख ८७ हजार बरामद
Leave a Comment

