२०८३, १८ बैशाख शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मन्त्रीज्यू, काठमाडौँको जाम कहिले खुल्छ ?

२०७६, ९ कार्तिक शनिबार १४:०७

कात्तिक ९, काठमाडौँ | ‘मन्त्री ज्यू, म कलङ्कीमा बस्छु, काम गर्न सिंहदरबार जाँदै गर्दा कालीमाटीमा जहिल्यै लामो समयसम्म जाममा बस्नुपर्छ, काठमाडौँमा यस्ता जाम हुने ठाउँहरु धेरै छन्, यी जामहरु कहिले खुल्छन् होला ?

काठमाडौँको जाम सम्झिएर दिक्क मान्दै एक पत्रकारले सोधेको प्रश्नमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले काठमाडौँको जाम समाधानका लागि सरकारले सात स्थानमा अन्डर पासको तयारी गरिरहेको जवाफ दिनुभयो । मन्त्री महासेठले भन्नुभयो, “काठमाडौँको जाम समाधान गर्न हामीले गौशाला, कोटेश्वर, चाबहिल, थापाथली र नयाँ बानेश्वरलगायतका स्थानमा अन्डर पासको व्यवस्था गर्न काम अगाडि बढाइएको छौँ ।” 

काठमाडौँका सडकमा खानेपानीको पाइप गाडेर कहिले सकिन्छ ? एउटाले बाटो बनाउँदै जान्छ, अर्कोले फेरि पाइप राख्ने भन्दै बाटो खन्दै जान्छ, यस्तो प्रक्रिया कहिलेसम्म चल्छ मन्त्रीज्यू ? यहाँ आज आयोजित साक्षात्कारमा पहिलो प्रश्नको पूरा जवाफ दिन नपाउँदै मन्त्रीसमक्ष ती पत्रकारले फेरि अर्को प्रश्न तेर्याए । मन्त्रीको जवाफ थियो, “हामीले जसले बाटो खनेर पाइप बिछ्याउने काम गर्छ उसले नै तत्काल त्यो बाटो पुरेर कालो पत्र गर्नुपर्ने कडा निर्देशन दिएका छौँ र त्यहीअनुसार काम भइरहहेको छ र त्यसको दीर्घकालीन समाधानका लागि सम्बन्धित निकायसँग पनि छलफल भइरहेको छ ।” उहाँले काठमाडौँ शहरलाई व्यवस्थित गर्नका लागि पुल र सडक निर्माणको काम भइरहेको बताउनुभयो । 

मन्त्री महासेठले विगतको तुलनामा वर्तमान सरकारले पूर्वाधार, आर्थिक विकास, शान्ति सुरक्षा र पर्यटन विकासका क्षेत्रमा जनताको चाहनाअनुसार नै अगाडि बढिरेहको बताउनुभयो । “सरकार प्रत्येक दिन एक कदम अगाडि बढेको छ, सडक निर्माणदेखि पुल निर्माणसम्म सरकार तदारुकताका साथ अगाडि बढिरहेको छ, यो आर्थिक वर्षमा ३०० वटा पुल निर्माण गर्ने सरकारको लक्ष्य छ”, उहाँले भन्नुभयो । हुलाकी राजमार्ग, महेन्द्र राजमार्ग र मदन भण्डारी राजमार्गलगायत राष्ट्रिय गौरवका आयोजनामा द्रूत गतिका काम भइरहेको जानकारी दिँदै मन्त्री महासेठले रेलका बारेमा पनि लक्ष्यअनुरुप नै काम अगाडि बढेको बताउनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रोल्पामा भएको जिप दुर्घटनामा १७ जनाको मृत्यु सार्वजनिक बिदा परे तापनि भोलि सर्वोच्च अदालत खुल्ने, बन्दी प्रत्यक्षीकरणको सुनुवाइ हुने राष्ट्रपतिले जारी गरे सहकारीसम्बन्धी अध्यादेश हामी सबै नागरिक हौँ र सबैको बराबर अधिकार छ: बाबुराम भट्टराई सर्लाही–४ को विकास र आगामी जितका लागि म सधैँ साथमा रहनेछु: गगन थापा कक्षा १२ को परीक्षा केन्द्रहरूमा लापरवाही भएको भन्दै नेविसंघले बुझायो परीक्षा बोर्डलाई ध्यानाकर्षण पत्र विद्यार्थी बोकेको बस दुर्घटना हुँदा १३ जना घाइते महाधिवेशनसम्म जाँदा हामीले नयाँ नेतृत्वको टिम तयार पार्नुपर्छ भनेर प्रस्ताव राखेको मैले नै हो: प्रचण्ड एकै दिन दुई हजार ४८९ सवारी चालक कारबाहीमा, २२ लाख बढी राजस्व संकलन रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटमा सुनुवाइ हुँदै सुनचाँदीको मूल्य घट्यो काठमाडौँ उपत्यकामा हावाहुरीसहित वर्षा प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित ओमानसँग नेपालको फराकिलो हार सरकारले घरबार विहीन सबै नागरिकको गास, बास, कपास र रोजगारीको अवसरबारे जिम्मेवारी लिन्छ: रवि लामिछाने सेयर बजारमा गिरावट उपसभामुख ठाकुर अस्पताल भर्ना सरकारलाई बहुमत प्राप्त सदनप्रति नै विश्वास छैन रहेछ: गगन थापा कांग्रेसले सिटाैलालाई राष्ट्रिय सभा दलको नेताबाट हटायो कांग्रेसले आह्वान गरेको विपक्ष दलको बैठक सुरु