Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

प्रधानमन्त्री ओली अस्पतालबाट डिस्चार्ज

By साझासवाल 3 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

कात्तिक १४, काठमाडौँ | उपचारको क्रममा रहेका प्रधानमन्त्री केपी शर्मा ओली अस्पतालबाट डिस्चार्ज भएका छन् । उनको स्वास्थ्यस्थिति सामान्य रहेको धापासीस्थित ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालले जानकारी दिएको छ ।

अस्पतालका मेडिकल डाइरेक्टर चक्रराज पाण्डेले बिहीबार पत्रकार सम्मेलन गरी प्रधानमन्त्रीको उपचारको क्रममा हेमोडायलाइसिस गरिएको जानकारी दिँदै अहिले स्वास्थ्य अवस्था सामान्य रहेकाले डिस्चार्ज गर्ने निर्णय गरिएको जानकारी दिएका हुन् ।

ओलीलाई बुधबार बिहानदेखि धापासीस्थित ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालमा भर्ना गरिएको थियो । पहिलो डायलाइसिसबाट अपेक्षित सुधार नभएका कारण आज पुन: डायलाइसिस गरायेर अस्पतालले प्रधानमन्त्रीलाई बिहिबारनै डिस्चार्ज गरेको हो ।

बिहिबार बिहान प्रधानमन्त्री ओलीलाई भेट्न धापासी स्थित ग्राण्डी अस्पताल पुगेका नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले प्रधानमन्त्री आज डिस्चार्ज हुने जानकारी दिएका थिए ।