Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

चक्रपथ सुधार आयोजनाः कलंकी–चाबहिल सडक ८ लेनको बनाइँदै

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p>कात्तिक १८, काठमाडौं । सडक विभागले चक्रपथ सुधार आयोजना अन्तर्गत दोस्रो चरणमा कलंकीदेखि चाबहिलसम्म ८ लेनको सडक बनाउनका लागि पूर्वतयारी सुरु गरेको छ ।<br></p><p>उक्त सडक चौडा बनाउने कार्य चीनको अनुदानमा हुन लागेको हो । यसअघि चीनकै लगानीमा कोटेश्वर–कलंकी सडक खण्ड चौडा पारिएको थियो ।&nbsp;</p><p>चीनको सांघाइ कन्स्ट्रक्सन ग्रूपले उक्त सडक खण्ड चौडा पार्ने काम गरेको हो । चक्रपथको बाँकी खण्डको काम पनि सोही ग्रूपले गर्न लागेको हो । यो समाचार आजको आर्थिक अभियान दैनिकमा काशीराम बजगाईले लेखेका छन् ।&nbsp;</p>