Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २२ जेष्ठ शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

टुटल, पठाओको सेवा अवरुद्ध नहुने

२०७६, ११ मंसिर बुधबार १४:४९

मङ्सिर ११, काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्त नेम्वाङले टुटल, पठाओलगायतका सेवालाई अहिले सञ्चालन भइरहेकै अवस्थामा चल्न दिन निर्देशन दिनुभएको छ । 

मन्त्री नेम्वाङले यातायात व्यवस्था विभागका महानिर्देशक गोगनबहादुर हमाललाई लामो समयदेखि सञ्चालनमा रहेको सो सेवा अहिले रोक्नुका कारणबारे मौखिकरुपमा स्पष्टीकरण सोध्नुभएको मन्त्रालयले जनाएको छ । 

विभागले गत साता एक सूचना जारी गरी ‘निजी सवारी यातायत सेवाका लागि प्रयोग गर्न पाइने छैन’ भन्ने व्यवस्था यातायात व्यवस्था ऐन, २०४८ मा भएको उल्लेख गर्दै टुटल पठाओलगायतका सेवाप्रदायक संस्थालाई सेवा रोक्न भनेको थियो । मन्त्री नेम्वाङले विभागलाई कार्यविधि÷निर्देशिका बनाएर यी सेवा सञ्चालन गर्न दिन पनि निर्देशन दिनुभएको थियो ।

मन्त्रालयका प्रवक्ता राजेश्वर ज्ञवालीले भन्नुभयो, “ऐनमा आवश्यक संशोधन प्रक्रिया अघि बढाएर पनि सेवा सञ्चालन गर्न दिन मन्त्रीज्यूले निर्देशन दिनुभएको छ ।”गत वर्ष प्रधानमन्त्री केपी शर्मा ओलीले सेवा अवरुद्ध नगर्न निर्देशन दिनुभएको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हाम्रो एक मात्र उद्देश्य भनेको देशलाई सही बाटोमा ल्याउनु हो : दुर्गा प्रसाईँ सरकारले राम्रोसँग काम गर्न सकेन भने हामी नेपाली जनतालाई निराश हुन दिँदैनौँ, त्यसको सशक्त प्रतिवाद गर्छौँ : कुलमान घिसिङ ११.३७ अङ्कले घट्यो नेप्से परिसूचक विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ परराष्ट्रमन्त्री शिशिर खनाल भारत प्रस्थान निर्वाचनबाट नयाँ दल र नयाँ पुस्ता विजयी भएर आउनुभएको छ: सुशीला कार्की प्रधानमन्त्री शाहविरुद्ध नेविसंघको प्रदर्शन सुनचाँदीको मूल्य घट्यो मेरो व्यक्तिगत वा पार्टीगत कुनै माग छैन, मेरा मुद्दा नेपाल र नेपालीको उन्नतिसँग सम्बन्धित छन्: रवि लामिछाने परराष्ट्रमन्त्री खनाल भारत भ्रमणमा जाँदै सुशासन सबैभन्दा ठूलो जनअपेक्षा हो: सभामुख अर्याल राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ सुनचाँदीको मूल्यमा सामान्य गिरावट मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली