२०८३, १७ बैशाख बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कार्यालय सहयोगीले अकूत सम्पत्ति कमाएपछि…

२०७६, १६ माघ बिहीबार १४:५०

माघ १६,काठमाडौँ । एउटा सरकारी कार्यालयमा कार्यालय सहयोगीका रुपमा कार्यरत कर्मचारीले आफ्नो कार्यकालमा के कति सम्पत्ति आर्जन गर्ला ? सामान्य मानिसले सहजै उत्तर दिन्छन्, त्यत्ति ठूलो कमाई त के गर्ला र ? तर, मालपोत कार्यालयका कार्यरत एक कार्यालय सहयोगीले आफ्नो जागिरे जीवनमा मात्रै करिब रु नौ करोड बराबरको सम्पत्ति आर्जन गरेको पाइएको छ । यस्तै देखिएको छ, अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गरेको छानबनिमा । 

आयोगका अनुसार काठमाडौँको चाबहिलस्थित मालपोत कार्यालयका तत्कालीन सहयोगी राजेन्द्र बस्नेतले झण्डै रु नौ करोड बराबरको अकूत सम्पत्ति आर्जन गरेको पाइएको छ । आयोगले आज अकूत सम्पत्ति कमाएको अभियोगमा मालपोत कार्यालयका कार्यालय सहयोगी बस्नेतविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । 

आयोगको अनुसन्धान अनुसार बस्नेत  र उहाँको परिवारको नाममा रु नौ करोड ७३ लाख ३१ हजार बराबरको सम्पत्ति देखिएकामा झण्डै रु आठ करोड ९८ लाख बराबरको सम्पत्तिको वैध स्रोत खुल्न नसकेको पाइएको छ । आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाका अनुसार आरोपी बस्नेतलाई कैद र बिगोबमोजिमको जरिवानाको माग गर्दै मुद्दा दायर गरिएको हो । 

आयोगले भ्रष्टाचार गरी कमाएको रकम जफत गर्नसमेत माग गरेको छ । आयोगका अनुसार कार्यालय सहयोगी बस्नेतको रु ७४ लाख ७३ हजार ३७३ मात्रै वैधानिक रुपमा आर्जन गरेको पाइएको छ । मालपोतमा कार्यालय कार्यालय सहयोगीको रुपमा काम गर्ने बस्नेतको जीवनयापन अस्वाभाविक रहेको भन्दै परेको उजुरीमाथि छानबनि गर्दा उहाँको अवैध आय फेला परेको हो । 

आयोगका प्रवक्ता कोइरालाका अनुसार कार्यालय सहयोगी बस्नेत २०४५ सालमा मालपोतका कार्यालय सहयोगीको रूपमा सेवा प्रवेश गर्नुभएको थियो । आयोगले सेवा प्रवेशदेखि गत वर्षसम्मको आय तथा खर्चको समेत विश्लेषण गरेको छ । बस्नेतले श्रीमती सीता बस्नेतको नाममा रु छ करोड, ७४ लाख बराबरको घरजग्गा खरिद गरेको, आमाको नाममा रु ६२ लाख ९० हजारको घर निर्माण गरेको देखिएको छ । 

मालपोत कार्यालय चाबहिलमा कार्यरत रहँदा बस्नेतले नक्कली रसिद काट्ने, नगद असुल गर्ने तर राजस्व दाखिला नगर्नेलगायत गैरकानुनी काम गरेको पाइएको छ । यस्तै आयोगले नेपाल प्रहरीका प्रहरी निरीक्षक अरुणकुमार शाहको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली रहेको आरोपमा आजै विशेष अदालतमा मुद्दा दायर गरेको छ । 

यस्तै, शुक्लगण्डकी तनहुँको कुमारी आधारभूत विद्यालयमा कार्यरत शिक्षक शारदा अधिकारीको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली रहेको अभियोगमा मुद्दा दायर गरेको छ । यस्तै नेपाल टेलिकममा कार्यरत प्राविधिक अधिकृत जयनारायणप्रसाद साहको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली रहेको आरोपमा आजै विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

यसैगरी नेपाल प्रहरीका पूर्वप्रहरी सहायक निरीक्षक धिरेन्द्रकुमार शाहीलाई पनि नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरी सेवा गरी भ्रष्टाचार गरेको अभियोगमा आयोगले मुद्दा दायर गरेको छ । उता जिल्ला हुलाक कार्यालय बाँकेका तत्कालीन खरिदार निर्मलाकुमारी केसीको शैक्षिक योग्यता नक्कली रहेको अभियोगमा आजै विशेष अदालतमा मुद्दा दायर गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँ उपत्यकामा हावाहुरीसहित वर्षा प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित ओमानसँग नेपालको फराकिलो हार सरकारले घरबार विहीन सबै नागरिकको गास, बास, कपास र रोजगारीको अवसरबारे जिम्मेवारी लिन्छ: रवि लामिछाने सेयर बजारमा गिरावट उपसभामुख ठाकुर अस्पताल भर्ना सरकारलाई बहुमत प्राप्त सदनप्रति नै विश्वास छैन रहेछ: गगन थापा कांग्रेसले सिटाैलालाई राष्ट्रिय सभा दलको नेताबाट हटायो कांग्रेसले आह्वान गरेको विपक्ष दलको बैठक सुरु सुनचाँदीको मूल्य घट्यो महावीर पुनले सार्वजनिक गरे सम्पत्ति विवरण बालेनले तुरुन्त राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्छ: हर्क साम्पाङ विगतका गलत अभ्यासलाई आधार बनाएर वर्तमान सरकार अघि बढ्नु अहङ्कारी कदम हुने: पूर्णबहादुर खड्का विभिन्न देश पठाउने भन्दै रकम ठगी गर्ने दुई जना पक्राउ जीवित संसद हुँदाहुँदै अध्यादेशमार्फत अघि बढ्नु संसदीय अभ्यासमाथिको गम्भीर हमला हो: खुश्बु ओली पहुँचका भरमा सुविधा लिइरहेकाबाट ६२२ वटा सवारी साधन फिर्ता नेप्से परिसूचकमा भारी गिरावट नुहाउन गएकी एक महिलाको करेन्ट लागेर मृत्यु सुनको सिक्री लुटपाटमा संलग्न पाँच जना पक्राउ देशका अधिकांश क्षेत्रमा वर्षाको सम्भावना