२०८३, १७ बैशाख बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

डीनसहित १० थुनिए

२०७६, १७ माघ शुक्रबार १२:२३

माघ १७, काठमाडौँ | अनेरास्ववियु र अनेरास्ववियु क्रान्तिकारीले कृषि तथा वन विज्ञान विश्वविद्यालयको वन सङ्कायका डीनसहित १० जनालाई विश्वविद्यालयकै सेमिनार हलमा थुनेर तालाबन्दी गरेका छन् । उनीहरुले डीन बलराम भट्ट, सहायक डीन वासुदेव पोख्रेल र भर्ना छनोट समितिका सदस्यसहितलाई थुनेका हुन् ।

विश्वविद्यालयले मेरिट पूर्व जानकारी बिनानै प्रवेश परीक्षा लिएको र परीक्षामा कम अङ्क आएकालाई भर्ना लिएर बढी अङ्क ल्याउने विद्यार्थीलाई निजी विद्यालयमा जान बाध्य बनाएको अनेरास्ववियु क्याम्पस कमिटीका अध्यक्ष अङ्कित खतिवडाले बताउनुभयो । चालीस दिनदेखि धर्ना दिएर आन्दोलन गर्दै आएको बताउँदै विद्यार्थीको समस्या समाधानका लागि विश्वविद्यालयको तर्फबाट कुनै पहल नभएपछि आज डीनसहितको टोलीलाई तालाबन्दी गरेर राखेको उहाँको भनाइ छ । 

समस्या समाधानका लागि पहल चाल्ने प्रतिबद्धताका आधारमा मात्र ताला खोली दिने अनेरास्ववियु क्रान्तिकारीका अध्यक्ष दिपेन्द्र कोइरालाले बताउनुभयो । डीनसहितको मिलेमतोमा पैसाको चलखेलका आधारमा विद्यार्थीलाई भर्ना लिइएको उहाँको आरोप छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँ उपत्यकामा हावाहुरीसहित वर्षा प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित ओमानसँग नेपालको फराकिलो हार सरकारले घरबार विहीन सबै नागरिकको गास, बास, कपास र रोजगारीको अवसरबारे जिम्मेवारी लिन्छ: रवि लामिछाने सेयर बजारमा गिरावट उपसभामुख ठाकुर अस्पताल भर्ना सरकारलाई बहुमत प्राप्त सदनप्रति नै विश्वास छैन रहेछ: गगन थापा कांग्रेसले सिटाैलालाई राष्ट्रिय सभा दलको नेताबाट हटायो कांग्रेसले आह्वान गरेको विपक्ष दलको बैठक सुरु सुनचाँदीको मूल्य घट्यो महावीर पुनले सार्वजनिक गरे सम्पत्ति विवरण बालेनले तुरुन्त राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्छ: हर्क साम्पाङ विगतका गलत अभ्यासलाई आधार बनाएर वर्तमान सरकार अघि बढ्नु अहङ्कारी कदम हुने: पूर्णबहादुर खड्का विभिन्न देश पठाउने भन्दै रकम ठगी गर्ने दुई जना पक्राउ जीवित संसद हुँदाहुँदै अध्यादेशमार्फत अघि बढ्नु संसदीय अभ्यासमाथिको गम्भीर हमला हो: खुश्बु ओली पहुँचका भरमा सुविधा लिइरहेकाबाट ६२२ वटा सवारी साधन फिर्ता नेप्से परिसूचकमा भारी गिरावट नुहाउन गएकी एक महिलाको करेन्ट लागेर मृत्यु सुनको सिक्री लुटपाटमा संलग्न पाँच जना पक्राउ देशका अधिकांश क्षेत्रमा वर्षाको सम्भावना