Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

“मलाई राजकुमार हैन, ह्यारी मात्र भन्नु”

By साझासवाल 4 मिनेट पढाइ

पढ्न करिब 2 मिनेट लाग्छ
प्रकाशित:

फागुन १४, एडिनबर्ग (रासस/एएफपी) । बेलायती राजपरिवारको शाही हैसियत त्यागेका तत्कालीन राजकुमार ह्यारीले आफूलाई “ह्यारी” मात्रै भन्न आग्रह गर्नुभएको छ ।

शाही हैसियत त्यागेपछि सार्वजनिक कार्यक्रममा आम नागरिकको रूपमा सहभागी हुन थालेका ह्यारीले बुधबार आयोजित एक कार्यक्रममा आफूलाई “ह्यारी” मात्रै भन्न आग्रह गर्नुभएको हो ।

आफूहरूले नै चाहेर शाही पदवीबाट मुक्त भएकाले अब पनि शाही पदावीबाटै सम्बोधन गर्न उपयुक्त नहुने उहाँको भनाइ छ ।

आफ्नी श्रीमती र छोरासँगै आफू सर्वसाधारण नागरिक भएर काम गर्न चाहेकाले सबैले त्यही तरिकाले ग्रहण गर्न र व्यवहार गर्न ह्यारीले आग्रह गर्नुभयो ।

ह्यारी दम्पत्तिले केही हप्ता अगाडि शाही उपाधि त्यागेर छुट्टै सार्वजनिक जीवन बिताउने र सामाजिक सेवाको काम गर्ने घोषणा गर्नुभएको थियो ।

शाही दरबारले पनि चरण चरणका छलफल र प्रयासहरूलाई आधार मानेर उहाँहरूको घोषणालाई स्वीकृति दिने निर्णय गरेको थियो ।

शाही दरबारको सो निर्णयसँगै उहाँहरूले शाही उपाधि अन्त्य हुने सुनिश्चित भए पनि आगामी वसन्त ऋतुदेखि मात्रै सो उपाधि प्रयोग नगर्ने निर्णय कार्यान्वयन हुने भएको छ ।

दरबारका अनुसार उहाँहरूको शाही उपाधि हटेपछि उहाँहरूले पाउने सैन्य पद पनि हट्ने, नागरिकको करबाट आउने रकम पनि नपाउने हुनुभएको छ ।

बेलायती महारानी एलिजावेथ द्वितीयाका नाती ह्यारी र अमेरिकी टेलिभिजन कार्यक्रम प्रस्तोता मेगनले केही समयको प्रेम सम्बन्धपछि सन् २०१८ मा विवाह गर्नुभएको हो ।

ह्यारी अहिले ३५ वर्षको हुनुभएको छ भने उहाँकी श्रीमती मेगन ३८ वर्षको हुनुभएको छ । राजकुमार ह्यारी बेलायती राजपरिवारको छैटौँ उत्तराधिकारी हुनुहुन्थ्यो ।