कोभिड –१९ को प्रभावकारी जाँच गर्न निर्देशन

साझासवाल

फागुन २४, काठमाडौँ | स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री नवराज रावतले सीमानाकामा कोरोना भाइरसको ( कोभिड –१९ ) प्रभावकारी जाँच गर्न निर्देशन दिनुभएको छ ।

नेपालगञ्ज उपमहानगरपालिकाद्वारा बाँकेको जमुनाहकास्थित नेपाल–भारत सीमानाकामा सञ्चालित स्वास्थ्य सहायता कक्ष (हेल्थ डेस्क) को  आज अवलोकन गर्दै उहाँले नेपाल प्रवेश गर्ने सबैमा जाँच गर्न स्वास्थ्यकर्मीलाई आग्रह गर्नुभयो ।

सो अवसरमा  राज्यमन्त्री रावतले आफ्नो जाँचसमेत गर्नुभयो । नाकाबाट आउने यात्रुकोे प्रभावकारी स्वास्थ्य परीक्षण हुँदै आएको सो उपमहानगरपालिका स्वास्थ्य  शाखा संयोजक रामबहादुर चन्दले जानकारी दिनुभयो ।

स्वास्थ्य कार्यालयको समन्वयमा नेपालगञ्ज विमानस्थलबाट बाहिरिने र भित्रिने हवाई यात्रुलाई लक्षित गरी परीक्षणकक्ष स्थापना गरिएको नागरिक उड्डयन कार्यालयका प्रमुख प्रेमनाथ ठाकुरले जानकारी दिनुभयो ।

Leave a Comment

Leave a Reply