Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

मेलौली नगरपालिकाका कार्यालय सहयोगी मृत भेटिए

By साझासवाल 2 मिनेट पढाइ

<p><b>फागुन २४, बैतडी |</b> मेलौली नगरपालिकाका कार्यालय सहयोगी शुक्रराज भट्ट सहित अन्य एक जना मृतावस्थामा फेला परेका छन् ।&nbsp;<br></p><p>सो नगरपालिका मेलौली –६ हतरङ्गा निवासी ४४ वर्षीय भट्ट शिवनाथ गाउँपालिका–३ साउगाडामा मृत फेला परेका प्रमुख प्रहरी नायब उपरीक्षक डिल्लीनारायण पाण्डेयले आज जानकारी दिनुभयो ।</p><p>यस्तै डिलाशैनी गाउँपालिका–३ बगडीस्थित सडकछेउमा दार्चुलाको शैल्यशिखर नगरपालिका–२ का ५६ वर्षीय मीनबहादुर पाल मृत फेला परेको र&nbsp; मृतक दुवैको शव परीक्षणका लागि जिल्ला अस्पताल ल्याउन लागिएको उहाँले बताउनुभयो । रासस</p>