पढ्न करिब 1 मिनेट लाग्छ

चैत ३०, काठमाडौं । अमेरिकामा कोरोना भाइरस (कोभिड–१९)को कारण मृत्यु हुने मानिसको संख्या २० हजार नाघेको छ ।

जोन्स हप्किन्स युनिभर्सिटीको तथ्यांकअनुसार अमेरिकामा अहिलेसम्म यो भाइरसको कारण २० हजार पाँच सय ७ जना मानिसको मृत्यु भइसकेको छ ।

अमेरिकाको न्युयोर्क राज्यमा मात्र आठ हजार छ सय ३८ जनाको मृत्यु भइसकेको छ ।

न्युयोर्कमा समग्र संक्रमितको संख्या पनि एक लाख ८१ हजार नाघेको छ ।

यससँगै अमेरिकाले कोरोना भाइरसबाट सबैभन्दा धेरै मानिसको मृत्यु हुनेमा इटालीलाई पछि पारेको छ । इटालीमा अहिलेसम्म यो भाइरसको कारण १९ हजार चार सय ६८ जनाको मृत्यु भएको छ ।

अमेरिकामा अहिलेसम्म ३१ हजारभन्दा बढी संक्रमित निको भइसकेका छन् ।

कोरोना भाइरसबाट सबैभन्दा प्रभावित बनेको अमेरिकामा अहिलेसम्म कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या पनि पाँच लाख २७ हजार नाघेको छ ।

चीनको वुहानबाट निस्किएको कोरोना भाइरसको कारण अहिलेसम्मएक लाख आठ हजारभन्दा धेरै मानिसको मृत्यु भइसकेको छ भने विश्वभर १७ लाख ७३ हजारभन्दा धेरै मानिस संक्रमित भइसकेका छन् ।