२०८३, १६ बैशाख बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

लकडाउनमा उपत्यकामा २०२ घटना

२०७७, १३ बैशाख शनिबार १२:०२

वैशाख १३, काठमाडौँ | ‘लकडाउन’को अवधिमा उपत्यकाका तीन जिल्लामा २०२ घटना भएका छन् । साविकभन्दा यी घटना निकै कम हुन् । उपत्यकाका तीन जिल्लामध्ये काठमाडौँमा सबैभन्दा बढी १६५ घटना भएका महानगरीय प्रहरी कार्यालय काठमाडौँले जनाएको छ । ललितपुरमा २८ र भक्तपुरमा नौ घटनाको उजुरी परेका उहाँले बताउनुभयो । 

सबैभन्दा बढी भवितव्य ज्यानसम्बन्धी ५८ घटना भएका प्रहरीले जनाएको छ । बैंकिङ कसुरका ३३, ज्यानसम्बन्धी कसुरका ३५ र आत्महत्याका २१ घटना भएका पोखरेलले बताउनुभयो । सडकमा प्रहरीको उपस्थिति रहेको र नागरिक आआफ्नै घरमा भएकाले आपराधिक घटना न्यून भएका हुन् । 

“हिजोको दिनमा नागरिक समाजमा आउथे, घुलमिलपछि विमति हुन्थ्यो, होटल रेस्टुराँमा झगडा हुन्थ्यो र अपराध हुन्थ्यो, अहिले नागरिक घरमा, प्रहरी सडकमा भएकाले यस्ता घटना रोकिएको हो”, पोखरेलले भन्नुभयो । सोका कारण अपराध नियन्त्रणमा खटिएका प्रहरीलाई लकडाउनको कार्यान्वयनमा खटाउन सजिलो भएको छ । उपत्यकाका १३८ युनिटबाट अहिले तीन जिल्लामा नौ हजार प्रहरी परिचालन गरिएको उहाँले जानकारी दिनुभयो ।

लकडाउनमा दैनिक दुई हजार मानिस कारवाहीमा पर्ने गरिएका जानकारी दिँदै उहाँले यो अवधिमा उल्लङ्घन गर्ने ७३ हजार बढीलाई कारवाही गरिएको बताउनुभयो । लकडाउनका बेला अत्यावश्यक कामका लागि हिँडेका मानिस तथा समस्यामा परेका र घर जान पैदल हिँडेकालाई अहिले सरकारी निर्णयअनुसार नै गन्तव्यमा पठाउने काम जारी रहेको छ । 

स्थानीय तहले समेत आ–आफ्नो क्षेत्रमा पेशा अपनाउन नसकेकालाई राहत दिने र खाना खुवाउने अभियानसमेत चलाएका छन् । यसमा विभिन्न सामाजिक संस्थाको समेत सहभागिता छ । कोभिड–१९ को सङ्क्रमण रोक्न सरकारले चैत ११ गतेदेखि लकडाउन घोषणा गरेको थियो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँ उपत्यकामा हावाहुरीसहित वर्षा प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित ओमानसँग नेपालको फराकिलो हार सरकारले घरबार विहीन सबै नागरिकको गास, बास, कपास र रोजगारीको अवसरबारे जिम्मेवारी लिन्छ: रवि लामिछाने सेयर बजारमा गिरावट उपसभामुख ठाकुर अस्पताल भर्ना सरकारलाई बहुमत प्राप्त सदनप्रति नै विश्वास छैन रहेछ: गगन थापा कांग्रेसले सिटाैलालाई राष्ट्रिय सभा दलको नेताबाट हटायो कांग्रेसले आह्वान गरेको विपक्ष दलको बैठक सुरु सुनचाँदीको मूल्य घट्यो महावीर पुनले सार्वजनिक गरे सम्पत्ति विवरण बालेनले तुरुन्त राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्छ: हर्क साम्पाङ विगतका गलत अभ्यासलाई आधार बनाएर वर्तमान सरकार अघि बढ्नु अहङ्कारी कदम हुने: पूर्णबहादुर खड्का विभिन्न देश पठाउने भन्दै रकम ठगी गर्ने दुई जना पक्राउ जीवित संसद हुँदाहुँदै अध्यादेशमार्फत अघि बढ्नु संसदीय अभ्यासमाथिको गम्भीर हमला हो: खुश्बु ओली पहुँचका भरमा सुविधा लिइरहेकाबाट ६२२ वटा सवारी साधन फिर्ता नेप्से परिसूचकमा भारी गिरावट नुहाउन गएकी एक महिलाको करेन्ट लागेर मृत्यु सुनको सिक्री लुटपाटमा संलग्न पाँच जना पक्राउ देशका अधिकांश क्षेत्रमा वर्षाको सम्भावना