Skip to content
Friday, July 17, 2026 Nepali Online Media

दैनिक हजारौं मजदुर श्रमिकहरुलाई खाना खुवाउदै -गोरखनाथ आश्रम

By साझासवाल 6 मिनेट पढाइ

पढ्न करिब 2 मिनेट लाग्छ
प्रकाशित:

वैशाख १५, काठमाडौं | विश्वभर महामारीको रुपमा फैलिएको कोभिड-१९ ले गर्दा मानब जिबन अस्तव्यस्त बनिरहेको अबस्थामा कोरोना करहको लकडाउनले घर जान नपाएका दैनिक हजारौं ज्यालादारीका मजदूरहरु, अलपत्रपरेका पिडितहरुलाई गोरखनाथ आश्रमले खाना खुवाउने काम जारी राखेको छ । हाँडीगाउँ पञ्चेधारा स्थित आश्रमले बिगत २४ दिनदेखि वीर अस्पताल अगाडिको हाल खाली बसपार्क, वसन्तपुर, थापाथली राममन्दिर, कलंकी साथै कोटेश्वरमा दैनिक अलपत्र परेका पिडित मजदूरहरुलाई खानाको व्यवस्था गर्दै आएको यस अभियानका संयोजक महाराज योगी विश्वनाथ सन्तले बताउनु भएको छ ।

जहाँ–जहाँ खानाको अभाव, त्यहाँ त्यहाँ गोरखानाथ आश्रम भन्ने उद्देश्यले दैनिक १३ देखि १५ सय जना मजदूरहरुलाई खाना खुवाउँदै गरेको र योगी विश्वनाथका अनुसार दैनिक दुई सय केजी चामल, ५० केजी आँटा, एक सय केजी दाल, ५० केजी सब्जीको व्यवस्था हाम्रो आश्रमले गरेको छ ।

युवा समाजसेवी स्वयंसेवकहरु र गोरक्ष सेवक लगायत संचारकर्मी सुर्य चन्द र नेपालको पहिलो महिला चलचित्र निर्देशक/संचारकर्मी/समाजसेवी सुचित्रा श्रेष्ठले सुरुवाती दिन देखि यस अभियानमा सक्रिय भूमिका निर्बाह गर्दै सहयोगको साथमा सहभागी भएर दैनिक रुपमा खाना खुवाउने कार्यमा निरन्तर सेवा गर्दै आएको कुरा योगी विश्वनाथ बताउनुहुन्छ ।

जागो गोरक्ष जागोका गोरख सेवकहरुको समूहले दैनिक अहोरात्र खटेर खाना बनाउने र वितरण गर्ने कार्य गर्दै आएको र पछिल्लो समय काठमाडौँ महानगरपालिकाले समेत खाद्यान्न सयहोग गर्दै आएको यस अभियानका सदस्य जनक ढुंगाना बताउनुहुन्छ । यसैगरी अन्य विभिन्न समाजसेवी व्यक्तित्व लगायत एकीकृत ग्रामीण बिकास केन्द्र,  नेपाल प्रहरी श्रीमती संघ द्वारा संचालित आसरा केन्द्र रानीबारीले समेत केहि खाद्यान्न, तरकारी सहयोग गरेको कुरा ढुंगानाले जानकारी गराउनुभयो।

पबित्र सेवाभाबले सुरु गरिएको खाना खुवाउने यस अभियानमा कुनै पनि अन्य संघ संस्थाहरुको सहकार्य नभएको र गोरखनाथ मठ हाँडीगाउँ बाट मात्र संचालित भएको कुरा अर्का सामाजिक अभियन्ता शिब अग्रवाल बताउनुहुन्छ ।

“आश्रमले श्रमिक मजदुरहरुलाई मात्र नभएर अलपत्र परेका, पिडित दुखि र राहत नपाएका भोकाहरु सम्पूर्णलाइ काठमाडौँको विभिन्न स्थानहरु बाट खाना वितरण गर्ने गर्दै आएको र लकडाउन अबधिभर यस खाना खुवाउने कार्यलाई निरन्तरता दिने कुरा संचारकर्मी कलाकार तथा समाजसेवी सुर्य चन्दले जानकारी गराउनु भएको छ ।