पढ्न करिब 1 मिनेट लाग्छ

वैशाख ३०, काठमाडौं । नेपालमा एकै दिन ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । थपिएका संक्रमितमध्ये पर्सामा मात्र ३९ जना रहेका छन् । त्यस्तै कपिलवस्तुका ८, रुपन्देहीका ९ र बाराका १ जना छन् ।

थपिएका संक्रमित सबै पुरुष रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले जानकारी दिए ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ सय ९१ पुगेको छ ।

नेपालमा कोरोना संक्रमित कुन जिल्लामा कति ?

१. पर्सा: ६४ जना संक्रमित, निको भएका: ३ जना

२. उदयपुर: ३२ जना संक्रमित, निको भएका: १४ जना

३. कपिलवस्तु: २९ जना संक्रमित

४. बाँके: २४ जना संक्रमित

५. रुपन्देही: १६ जना संक्रमित

६. काठमाडौं: ५ जना संक्रमित, निको भएका: ५ जना

७. कैलाली: ४ जना संक्रमित, निको भएका: ४ जना

८. बारा: ३ जना संक्रमित

९. रौतहट: ३ जना, निको भएका: १ जना

१०. बाग्लुङ: २ जना, निको भएका: २ जना

११. चितवन: २ जना, निको भएका: १ जना

१२. झापा: २ जना, निको भएका: १ जना

१३. बर्दिया: १ जना

१४. भोजपुर: १ जना, निको भएका: १ जना

१५. धनुषा: १ जना

१६. कञ्चनपुर:  १ जना, निको भएका: १ जना

१७. सप्तरी: १ जना