Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

४० जिल्लामा फैलियो कोरोना भाइरस, संक्रमितको संख्या ५८४ पुग्यो

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

जेठ १०, काठमाडौं । नेपालमा थप ३६ जनामा कोरोना संक्रमण देखिएको छ । शनिबार अपरान्हको पत्रकार सम्मेलनमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले थप ३६ जना कोरोना संक्रमित थपिएको जानकारी दिए । योसँगै नेपालमा कोरोनाभाइरस संक्रमितको संख्या ५८४  पुगेको छ ।

बाँकेमा २७ जना, बैतडीमा ४ जना, बर्दियामा १ जना, झापामा १ जना र सुर्खेतमा ३ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिएका छन् ।

बाँकेका संक्रमित सबै नरैनापुर गाउँपालिका हुन् । बैतडीको शिवनाथ गाउँपालिकामा, बर्दियाको बढैयाताल गाउँपालिकामा १ जना, झापाको झापा गाउँपालिकामा १ जना संक्रमित भेटिएका हुन् ।

प्रवक्ता डा विकास देवकोटाका अनुसार संक्रमण देखिएकाहरु स्वास्थ्यकर्मीको सम्पर्कमा रहेका छन् । आज विहान मात्रै थप ३२ जनामा संक्रमण देखिएको थियो । हालसम्म ४० जिल्लामा  कोरोना संक्रमित भेटिएको उनले बताए ।