पढ्न करिब 2 मिनेट लाग्छ

जेठ १७, काठमाडौँ | पछिल्लो २४ घन्टामा थप १८९ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । यससँगै कुल संक्रमितको संख्या एक हजार ४०१ पुगेको छ ।

अहिलेसम्म ६ जनाको मृत्यु भएको छ भने २१९ जना निको भएका छन् ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले शनिबारको नियमित मिडिया ब्रिफिङमा जानकारी दिए । संक्रमितमध्ये १८५ जना पुरुष र ४ जना महिला रहेका छन् ।

हालसम्म कोरोना निको भएर २१९ जना घर फर्किएको पनि मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा १३ जना डिस्चार्ज भएका हुन् । पछिल्लो पटक बुढानिलकण्ठ र टोखाका २ जना टेकु अस्पतालबाट, ९ जना बलम्बु अस्पतालबाट, अछामका १ जना, रुकुमका १ जना डिस्चार्ज भएका हुन् ।

यस्तै हालसम्म ६ जना संक्रमितको मृत्यु समेत भएको छ । मृत्यु हुनेहरुमा सिन्धुपाल्चोकमा एक, बाँकेमा एक, गुल्मीमा एक, बाराका एक, ललितपुरका एक र अर्घाखाँचीका एक गरी ६ जना रहेका छन् ।

सनिबार कहाँ कति संक्रमित ?

कपिलवस्तु- १०९ जना

सर्लाही – १७ जना

दैलेखका – १४ जना

सिरहा – ११ जना

सप्तरीका – ९ जना

धनुषा – ७ जना

रौतहट – ६ जना

दाङ – ५ जना

महोत्तरी – ४ जना

पर्सा – २ जना

संखुवासभा – २ जना

झापा – १ जना

ललितपुर – १ जना

बारा – १ जना

मन्त्रालयका अनुसार हालसम्म क्वारेन्टाइनमा रहनेको संख्या १ लाख १० हजार ८८ जना रहेका छन् । आइसोलेसनमा रहनेको संख्या देशभरी १ हजार १ सय ७६ जना रहेको छ ।

मन्त्रालयका अनुसार शनिबारसम्म नेपालमा आरडीटी विधिबाट १ लाख ७ हजार ५५ नमुना परीक्षण भएका छन् । पीसीआर विधिबाट भने हालसम्म ६६ हजार ७ सय २९ परीक्षणहरु गरिएका छन् ।