2026-06-20 05:14 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

दिनहुँको आन्दोलन र भीडभाडले संक्रमण भयावह हुन सक्ने

जेठ ३१, काठमाडौँ | सरकारले कोरोना नियन्त्रणका लागि चालेका कदम प्रभावकारी नभएको भन्दै सरकारविरुद्ध भीडभाडसहित प्रदर्शन गर्दा जोखिम निम्तने र स्थिति भयावह हुन सक्ने चेतावनी जनस्वास्थ्यविज्ञहरूले दिएका छन् । सडकमा धेरै व्यक्ति जम्मा गरेर कार्यक्रम गर्दा कोरोना संक्रमण दर अत्यधिक बढ्न सक्नेतर्फ उनीहरूले सबै पक्षको गम्भीर ध्यानाकर्षण गराएका छन् । 

यस्ता प्रदर्शनले सहरी क्षेत्रमा बसोबास गर्ने नागरिकमा कोरोना संक्रमण फैलन सक्ने भयसमेत बढ्न थालेको भन्दै विज्ञहरूले प्रदर्शन रोक्न र त्यस्ता प्रदर्शनमा नजानसमेत सुझाव दिएका छन् । उनीहरूले लगातारको प्रदर्शनले संक्रमण नियन्त्रण बाहिर जान सक्ने भन्दै चिन्ता व्यक्त गरेका छन् ।

उनीहरूले आन्दोलनको मोडालिटी परिवर्तन गर्नसमेत आन्दोलनमा उत्रिएका नागरिकलाई सुझाव दिएका छन् । कुनै व्यक्तिलाई कोरोना भाइरस संक्रमण पुष्टि भए श्वासप्रश्वासको माध्यमबाट कोरोना भाइरस फैलिने भन्दै आन्दोलनको स्वरुप परिवर्तन गरेर सरकारलाई दबाब दिन सकिने जनस्वास्थ्य विज्ञहरूको सुझाव छ । हाल राजधानीलगायत देशका विभिन्न स्थानमा दैनिक सरकारविरुद्ध सडकमै प्रदर्शनकारी उत्रिएर आन्दोलन गर्दै आएका छन् । 

सरुवा रोग विशेषज्ञ डा.शेरबहादुर पुनले संक्रमितको संख्या बढ्दै गएकाले भौतिक दूरी कायम गर्नु नै अहिलेको उपयुक्त विकल्प भएको बताए । उनका अनुसार भौतिक दूरी कायम गर्न सकियो भने संक्रमण प्रसारण हुने सम्भावना कम रहन्छ । कोरोना भाइरसको संक्रमण उच्चतम बिन्दुतर्फ गइरहेकाले जमघट र भीडभाड गर्दा स्थिति नियन्त्रण बाहिर जान सक्ने चेतावनी पुनले दिएका छन् । 

- यो समाचार आजको राजधानी दैनिकमा प्रशान्त वलीले लेखेका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक प्रतिनिधिसभा बैठक असार ११ गतेसम्मका लागि स्थगित मन्त्रिपरिषद् बैठक जारी रास्वपाको सचिवालय बैठक जारी चुनावमा धेरै खर्च भयो तर आईटीमा एक–दुई करोड पनि खर्च गर्न हामीलाई गाह्रो भयो: प्रचण्ड संसद संख्याले चल्ने होइन, विधिले चल्ने हो, नीतिले चल्ने हो: ज्ञानेन्द्र शाही हामी एक–एक घण्टामा सेयर बजारको सूचक माथि गयो कि तल आयो भनेर हेर्दैनौं: अर्थमन्त्री वाग्ले श्रम मात्रै एउटा त्यस्तो शक्ति हो, जसले सम्पदालाई सम्पत्तिमा रूपान्तरण गर्छ: हर्क साम्पाङ रास्वपाको केन्द्रीय समितिको अन्तिम बैठक बस्दै कसैले कसैको नसुन्ने ढुंगाहरुको देश हो कि मान्छेको अचम्म लागेको छ : हर्क साम्पाङ प्रधानमन्त्री बालेन्द्र शाहले बोलाए मन्त्रिपरिषद् बैठक प्रतिनिधिसभाको बैठक सुरू कक्षा १२ को नतिजा सार्वजनिक सुनचाँदीको मूल्य घट्यो प्रहरीलाई अब पोसाक खर्चबापत नगद दिइने राप्रपाको महाधिवेशन आगामी मंसिर २६-२८ गते सरकारले भ्रष्टाचार रोक्न शून्य सहनशीलताको नीति लिएको छ : गृहमन्त्री गुरुङ सङ्‍क्रमणकालीन न्यायका प्रक्रियालाई यथाशीघ्र टुङ्गोमा पुर्याउन सरकारले उच्च प्राथमिकता दिएको छ : कानूनमन्त्री गौतम परराष्ट्र मन्त्रालयलाई समयानुकूल थप सुदृढ र प्रभावकारी बनाउँदै लैजाने कार्यमा सरकार प्रतिबद्ध छ : परराष्ट्रमन्त्री खनाल गृह मन्त्रालय हरेक चेलीका लागि माइती हो भनी सोच्नुपर्छ : गृहमन्त्री गुरुङ