Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

ओली र प्रचण्डको विवाद समाधान गर्न नेकपाको दोस्रो पुस्ता

By साझासवाल 3 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

असार २६, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष एवम् प्रधानमन्त्री केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आन्तरिक विवाद समाधान गर्न नसकेपछि दोस्रो पुस्ताका नेताले समाधानको पहल सुरु गरेका छन्।

एक सातादेखि अध्यक्षद्वय र दुवै पक्षका केही शीर्ष नेताबीचको वार्ताले ठोस निर्णय गर्न नसकेपछि दोस्रो पुस्ताका नेता तातेका हुन्।  दोस्रो पुस्ताका नेताले प्रधानमन्त्री ओली र प्रचण्ड पक्षीय समूहलाई एकजुट बनाउने सूत्रको खोजी सुरु गरेका हुन्। बिहीबार कृषिमन्त्री घनश्याम भुसालहित ११ नेताले पार्टी नेतृत्व मिलाउने विषयमा छलफल गरे।

सिंहदरबारमा भएको छलफलले पार्टी एकताका लागि नेतृत्वलाई दबाब दिने निष्कर्ष निकालेको छ। दोस्रो पुस्ताको रणनीति नेतृत्वसम्म पुर्याउने र दबाब दिने तयारी नेताहरुको छ।

दोस्रो पुस्ताका नेताले हस्ताक्षर, प्रदर्शन, धर्ना र सामाजिक सञ्जालमा गाली र तालीको अवस्था अन्त्य गर्नुपर्नेमा जोड दिएका छन्। बिहीबार सिंहदरबारमा भएको छलपलमा नेताहरु शंकर पोखरेल, प्रदीप ज्ञवाली, विष्णु रिमाल, योगेश भट्टराई, सुरेन्द्र पाण्डे,  मणि थापा, जनार्दन शर्मा, वर्षमान पुनलगायत सहभागी थिए।  यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छ ।