२०८३, १५ बैशाख मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

रुद्रमतीमा फोहर फाल्नेबाट रु २३ हजार जरिवाना

२०७७, २७ असार शनिबार ०४:४६

असार २७, काठमाडौँ । सेतोपुल नजिकैको रुद्रमती नदीमा ठेलागाडामा फोहर फालिएको भिडियोका आधारमा रुद्रमती सफाइ अभियानले अनुसन्धान गरी फोहर फाल्न संलग्न हुने जतिबाट रु २३ हजार जरिवाना गराएको छ ।

काठमाडौँ महानगरपालिका वडा नं २९ स्थित सेतोपुलमुनि फोहर फालिरहेका बेला पैदलयात्रीले भिडियो खिची सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेपछि तीन दिनसम्म खोजी गरी  फोहर फाल्ने काममा संलग्न जतिलाई प्रहरीसमक्ष उपस्थित गराएर कारवाही गरिएको रुद्रमती सफाइ अभियानकर्मी रोहित गिरीले राससलाई जानकारी दिनुभयो । 

भिडियोमा फोहर फालिरहेको रिक्साको नं २४३ र फोन नं देखिएपछि त्यसका आधारमा खोजबिन गरी संलग्न सबैलाई कानूनी कारवाहीको प्रक्रियामा ल्याउन सकिएको उहाँले सुनाउनुभयो । “कानूनी व्यवस्थाअनुसार जरिवानासहित सार्वजनिक अपराधको मुद्दामा पठाउन लागेका थियौँ, एकपटकलाई जरिवानासहित अब आइन्दा सार्वजनिक स्थानमा फोहर नफाल्ने प्रतिबद्धतासहित फोहर फाल्न लगाउने घरधनी रहिम मोहद्दिनलाई रु १५ हजार जरिवाना गरिएको छ”, अभियानकर्मी गिरीले भन्नुभयो ।

महानगरपालिकाले रिक्साचालकलाई रु एक हजार, रिक्सा धनीलाई रु दुई हजार, फोहोर फाल्नेलाई रु पाँच हजार गरी जम्मा रु २३ हजार जरिवाना गरेको वडा नं ३० का सदस्य शर्मिला महतोले राससलाई जानकारी दिनुभयो । फोहर फाल्न संलग्न वडा नं ३० मा बस्ने गरेकाले कारवाहीका लागि वडाका तर्फबाट प्रतिनिधित्व गरेको पनि उहाँले जानकारी दिनुभयो । 

जरिवानामा परेकाले कम्तीमा १० हप्तासम्म रुद्रमती सफाइ अभियानमा सहभागी भई फोहर टिप्नु पर्नेछ । यसैगरी फोहर व्यवस्थापन तथा टोल सफाइमा पनि सहयोग गर्ने सहमति भएको जनाइएको छ । तीन दिन अघि फालेको फोहर फाल्नेले नै आइतबार उठाउने गरीसमेत सहमति भएको रुद्रमती सफाइ अभियानले जनाएको छ । अब आइन्दा नदी, नदी किनारलगायत सार्वजनिकस्थलमा फोहर फाल्नेलाई कडाभन्दा बडा कारवाही गरिने भएकाले फोहरलाई महानगरपालिकाको गाडी आएका बेलामात्र फाल्न, कुहिने फोहर बारी एवं कोशीखेतीमा उपयोग गर्न पनि अभियानले सुझाएको छ ।

 उपत्यकाका नदी, नदी किनारलगायत सार्वजनिकस्थलमा फोहर फालेको भेटेमा तस्वीर वा भिडियो खिची सामाजिक सञ्जाललगायत सञ्चारमाध्यम तथा सफाइ अभियानलाई समेत उपलब्ध गराए कानूनी कारवाहीको प्रक्रिया अघि बढाउन सहज हुने जनाइएको छ । रासस  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विभिन्न देश पठाउने भन्दै रकम ठगी गर्ने दुई जना पक्राउ जीवित संसद हुँदाहुँदै अध्यादेशमार्फत अघि बढ्नु संसदीय अभ्यासमाथिको गम्भीर हमला हो: खुश्बु ओली पहुँचका भरमा सुविधा लिइरहेकाबाट ६२२ वटा सवारी साधन फिर्ता नेप्से परिसूचकमा भारी गिरावट नुहाउन गएकी एक महिलाको करेन्ट लागेर मृत्यु सुनको सिक्री लुटपाटमा संलग्न पाँच जना पक्राउ देशका अधिकांश क्षेत्रमा वर्षाको सम्भावना कांग्रेस देउवा पक्षको बैठक सुरु ट्रकको ठक्करबाट काठमाडौँमा पैदलयात्रीको मृत्यु कपडा तथा किराना सामानसहित चार वटा मोटरसाइकल नियन्त्रणमा सुनचाँदीको मूल्य घट्यो नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा नेकपाको राष्ट्रिय महाधिवेशन मङ्सिरमा सञ्चारमन्त्रीसँग जापानी राजदूतको भेटवार्ता नक्कली मुद्रा देखाएर ठगी गर्ने गिरोह पक्राउ शौचालयमा लडेर एक जना सशस्त्र प्रहरी हवल्दारको मृत्यु कांग्रेसका कार्यकर्ताको भावनाअनुसार सर्वसम्मत निर्णय गर्न ढिला भएको हो: गगन थापा दुई दिनदेखि अवरुद्ध बीपी राजमार्ग खुल्यो शेयर बजारमा झिनो सुधार यी हुन् मन्त्रिपरिषद्का तीन निर्णय