Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

काठमाडौं उपत्यकाका १५ सहित थप २१० जनामा कोरोना संक्रमण पुष्टि

By साझासवाल 3 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

साउन १४, काठमाडौँ ।  नेपालमा बुधबार थप २१० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै कोरोना संक्रमितको संख्या १९ हजार २७३ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बुधबार नियमित लाइभ अपडेटमा उक्त जानकारी दिएका हुन् । ५ हजार ३६० सक्रिय संक्रमितको संख्या रहेको मन्त्रालयले जनाएको छ । लकडाउन अघिको ८ दिनमा जम्मा ३.० प्रतिशत र लकडाउन अन्त्य भइसकेपछिको ८ दिनमा ३.७ प्रतिशतमा कोरोना संक्रमण रहेको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा थप १४६ जना कोरोना संक्रमणमुक्त भएका छन् । देशका विभिन्न स्थानका अस्पतालबाट कोरोना संक्रमण भएर निको भइ हालसम्म १४ हजार २१ संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

बुधबार थपिएका मध्ये काठमाडौं उपत्यकामा १५ जनामा कोरोना संक्रमण देखिएको छ । काठमाडौं जिल्लामा १४ र भक्तपुरमा १ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले काठमाडौंका संक्रमित कुन ठाउँका हुन् भन्ने खुलाएको छैन । मंगलबार काठमाडौं उपत्यकामा ५३ जनामा कोरोना संक्रमण देखिएको थियो । मन्त्रालयका अनुसार हालसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ४९ पुगेको छ ।