Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

मुगुका एक लेखापाललाई कोरोना पोजेटिभ देखियो

By साझासवाल 4 मिनेट पढाइ

पढ्न करिब 2 मिनेट लाग्छ
प्रकाशित:

युद्ध बहादुर मल्ल | भदौ ९, मुगु | जिल्ला सदरमुकाम गमगढीमा एक जनामा कोरोना पोजेटिभ देखिएका छन ।

जिल्लाको खत्याड गाँउपालिकामा यस अघि ३ जनमा कोरोना पोजेटिभ देखिएपनि अन्य पालिकाहरुमा शुन्य जस्तै रहेका थिए ।

छायाँनाथ रारा नगरपालिका भित्र रहेको एक कार्यालयमा कार्यरत ३८ बर्षिय लेखापालको स्वाव परिक्षण गर्दा उहाँको रिपोर्ट  पोजेटिभ आएको हो ।

जिल्ला स्वास्थ्य सेवा कार्यालयले मुगुबाट कणाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा पठाएका ६२ जनाको स्वावहरु सोमबार परिक्षण गर्दा एक जनाको रिपोर्ट पाजेटिभ आएको जिल्ला क्वास्थ्य सेवा कार्यालय मुगुका प्रमुख निर्मल नगकोटिले बताउनु भयो ।

जिल्लाको प्रमुख कार्यालयमा कार्यरत लेखापालको पोजेटिभ रिपोट आएकाले ति लेखापालको कन्ट्रयाक ट्रेसिङ्ग गरेर सबैको पिसिआर परिक्षण गरिने र आजदेखि एक हप्तासम्म उनको सम्पर्कमा रहेका व्यक्तिहरुलाई घरभन्दा बाहिर ननिस्कन सम्पर्क समेत गरिसकेको प्रमुख जिल्ला अधिकारी कृष्ण कुमार निरौलाले बताउनुभयो ।

आईतबार कोष तथा लेखा नियन्त्रण कार्यालयमा नयाँ लेखा प्रणालीबारे सामान्य छलफलमा सहभागी लेखापाल संगै उनी पनि सहभागी रहेका थिए । त्यसैले सहभागी सबै लेखापाल साथीहरुलाई कम्तिमा एक हप्तासम्म आफनो घरबाट बाहिर ननिस्कन फोन गरेको कोलेनिका यसले बताएको छ ।

यस अघि खत्याड गाँउपालिकामा देखिएका ३ संक्रमितहरु मध्य दुई जानले कोरोनालाई जितेर घर फर्किसक्नु भएको छ भने एक जना महिला रातापानी आईसुलेसनमा बस्नु भएको छ । सोमबार पोजेटिप रिपोट आएका कर्मचारीको अवस्था सामान्य रहेको र उहाँ आफनै डेरामा आसुलेसन बस्नु भएको पनि प्रमुख जिल्ला अधिकारी निरौलाले बताउनु भयो ।