Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

कोरोनाविरुद्ध खोप परीक्षण तयारी गर्दै नेपाल

By साझासवाल 3 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p><b>भदौ २९, काठमाडौं |</b> कोरोना महामारी खेपिरहेको विश्व यतिखेर उपयुक्त भ्याक्सिनको पर्खाईमा छ । यसैबीच बिभिन्न देशमा कोरोना परीक्षण भईरहेको खबर आएका छन् । केही देशले भने खोपको परीक्षण समेत थालिसकेका छन्।&nbsp;<br></p><p>यतिखेर नेपालको नजर पनि विश्वमा निर्माण भइरहेका खोपमा केन्द्रित भएको छ । कोरोना महामारीविरुद्ध विभिन्न देशमा निर्माण भइरहेकामध्ये केही खोपको नेपालमा पनि परीक्षण तयारी थालिएको छ । चीन, रुस र बेलायतको अक्सफोर्ड विश्वविद्यालयले बनाएका खोपको परीक्षणका तयारी गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसम्बद्ध अधिकारीहरूले बताएका छन् ।&nbsp;</p><p>अहिले कोरोनाविरुद्धको खोप परीक्षण गर्ने प्रारम्भिक चरणमा नेपाल पनि रहेको छ । विभिन्न‍ देशले नेपालमा खोप परीक्षणका लागि आग्रह गरेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयका एक अधिकारीका अनुसार अहिले चीनले आफ्नो सबै शक्ति लगाएर खोप निर्माण गरिरहेको छ । त्यहाँ उत्पादित खोपको तेस्रो चरण परीक्षणका लागि नेपाललाई चीनले नै प्रस्ताव गरेको हो । नेपाल स्वास्थ्य अनुसन्धान परिषदका क्लिनिकल ट्रायल कन्सल्ट्यान्ट डा. जनक कोइरालाले अक्सफोर्डको खोप आगामी सेप्टेम्बरसम्म परीक्षणका लागि आइपुग्ने बताए । उनले अमेरिकाले नेपाललाई खोप सजिलै नदिने भन्दै चीन, भारत र रसियाले नेपाललाई खोप दिने भनेको उनले बताए ।&nbsp;</p>