Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २१ जेष्ठ बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बागलुङ : बेपत्ता युवकको शव फेला

२०७७, २६ भाद्र शुक्रबार १५:०३

भदौ २६, बलेवा (रासस) । बागलुङको वडिगाड गाउँपालिका–१० दर्लिङमा पहिरामा परी हराएका एक युवकको शव फेला परेको छ । आज बिहान अविरल वर्षासँगै आएको पहिरामा परी बेपत्ता भएका दर्लिङको निगलपानीका ३५ वर्षीय दानबहादुर घर्ती मगरको शव फेला परेको हो ।

उनलाई बारीमा काम गरिरहेको अवस्थामा पहिराले पुरेको गाउँपालिका अध्यक्ष मेहरसिंह पाईजाले बताउनुभयो । बेपत्ता मगरलाई खोज्न भिमगिठे प्रहरी चौकीबाट दर्लिङ पुगेको प्रहरीको टोलीले शव फेला पारेको हो । बारीमा रहेका मगरलाई पहिराले पुरेको भए पनि अन्य कुनै क्षति नभएको प्रहरी निरीक्षक हेम केसीले बताउनुभयो ।

मगरको शव बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा पोष्टमार्टमपछि परिवारको जिम्मा लगाइएको छ । बागलुङकै ढोरपाटन नगरपालिका–९ बोबाङमा गत भदौ १७ गते आएको बाढीपहिरामा बेपत्ता भएका १६ जनाको आज पनि प्रहरीले खोजी गरेको छ । आज अबेरसम्म बेपत्ता कोही पनि नभेटिएको प्रहरीले जनाएको छ । यसअघि पहिरामा बेपत्ता भएका ३८ जनामध्ये २२ को शव फेला परेको थियो । 

यता जैमिनी नगरपालिका–७ जैदीमा चार घर पहिराको उच्च जोखिममा परेका छन् । अत्याधिक वर्षासँगै घरछेउमा पहिरो खसेपछि जैदीका शेरबहादुर राना, इन्द्र राना, मिम राना र पर्वे रानाको घर जोखिममा परेको हो ।

बारीको छेउछाउमा रहेका केही गोठसमेत जोखिममा रहेको स्थानीयवासी दीपेन्द्र परियारले बताउनुभयो । केहीदिनदेखि निरन्तर परिरहेको वर्षाका कारण बागलुङका विभिन्न क्षेत्रमा स्थानीयवासी प्रभावित छन् ।

स्थानीय सडकमा ठाउँ–ठाउँमा पहिरो खसेका कारण आवत–जावतमा समस्या भएको स्थानीय तहका प्रमुखहरुले बताएका छन् । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित मन्त्रिपरिषद् बैठक बस्दै कांग्रेसले छायाँ सरकार गठन गरेको छैन: भीष्मराज आङ्देम्बे सुनचाँदीको मूल्य बढ्यो कृष्ण महरालाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश