Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

आज १०३९ जनामा कोरोना संक्रमण पुष्टि, सक्रिय संक्रमित १५ हजार ११७ जना

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p>भदौ २८, काठमाडौं । आज पछिल्लो २४ घण्टामा थप १०३९ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । यससँगै कुल संक्रमितको संख्या ५४ हजार १५९ पुगेको छ ।<br></p><p>आजसम्म देशभर सक्रिय संक्रमितको संख्या १५ हजार ११७ रहेको छ । जसमा संस्थागत आइसोलेशनमा ७ हजार ७३० र होम आइसोलेशनमा ७ हजार ३८७ जना रहेका छन् । गत २४ घण्टामा देशभरको प्रयोगशालामा ९ हजार १६५ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो ।</p><p>यस्तै पछिल्लो २४ घण्टामा ११७३ जना डिस्चार्ज भएका छन् । नेपालमा हालसम्म कोरोना मुक्त हुनेको संख्या ३८ हजार ६९७ पुगेको छ । पछिल्लो २४ घण्टामा नेपालमा थप ९ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोनाबाट मृत्यु भएको कुल संख्या ३४५ पुगेको छ ।</p>