Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

गाजापट्टीबाट इजरायली भूमिमा क्षेप्यास्त्र प्रहार

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

भदौ ३१, तेलअभिभ (रासस–एएनआई) । इजरायली सेनाले गएराति प्यालेस्टिनीहरुको बसोबास रहेको गाजापट्टीबाट इजरायलतर्फ १५ वटा क्षेप्यास्त्र प्रहार भएको जनाएको छ ।

त्यसको जवाफमा सेनाले गाजा क्षेत्रमा रहेका हमासका लडाकूहरु लुकेर बसेका क्षेत्रलाई लक्षित गरी हवाई कारबाही गरिएको बताएको छ ।

इजरायली सेनाले हमासका हातहतियार निर्माण स्थल तथा सैनिक परिसरलाई ध्वस्त बनाएको दाबी गरेको छ ।

इजरायली सेनाको वक्तव्यमा भनिएको छ, “गाजा क्षेत्रमा रहेका आतंककारीहरुले गएराति इजरायलतर्फ १५ वटा क्षेप्यास्त्र प्रहार गरेका थिए ।

त्यसको बदलामा इजरायली हवाई फौजले गाजास्थित हमासका ठेगानाहरुमा फौजी कारबाही गरेको छ ।”

इजरायली सेनाले इजरायली भूमिलाई लक्षित गरी कुनै कारबाही भए त्यसको जवाफ दिन इजरायल सक्षम रहेको बताएको छ ।

यसअघि इजरायली सेनाले दक्षिणी इजरायलमा हवाई साइरन बजाएको जनाएको थियो ।