Skip to content
Friday, July 17, 2026 Nepali Online Media

एकै दिन २०२० जनामा कोरोना संक्रमण, कुन जिल्लाका कति ?

By साझासवाल 4 मिनेट पढाइ

पढ्न करिब 2 मिनेट लाग्छ
प्रकाशित:

असोज २, काठमाडौं । आज एकै दिन नेपालमा कोरोना संक्रमित हुनेको संख्या २ हजार २० जना रहेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ११ हजार ४ सय ५८ वटा पीसीआर परीक्षण गरिएको छ, आजको सहित नेपालमा कुल कोरोना संक्रमितको संख्या ६१ हजार ५ सय ९३ पुगेको छ ।

शुक्रबारसम्म देशभर सक्रिय संक्रमितको संख्या १७ हजार ३८३ जना रहेका छन् । जसमध्ये संस्थागत आइसोलेसनमा ९ हजार २९५ जना रहेका छन् र होम आइसोलेसनमा ८ हजार ८८ जना रहेका छन् ।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमण निको भई ८७१ जना डिस्चार्ज भएका छन् । शुक्रबारसम्म डिस्चार्ज हुनेको संख्या ४३ हजार ८ सय २० जना पुगेको छ ।

कुन जिल्लामा कति संक्रमित ?

१. काठमाडौंमा ६९८

२. चितवनमा १९१

३. मोरङमा ११८

४. सुर्खेतमा ११७

५. कास्की र रुपन्देहीमा ८६/८६

त्यस्तै भक्तपुरमा ८२, ललितपुरमा ७९, बारामा ७८, सुनसरीमा ५८, सप्तरीमा ४५, नवलपरासीमा ४१ जना संक्रमित भेटिएका छन् ।

त्यस्तै नवलपरासी पूर्वमा ३९, मकवानपुरमा ३०, रुकुम पश्चिममा २३, सिराहामा १९, बर्दियामा १८, पर्सा र कैलालीमा १७/१७, अछाममा १६, धादिङमा १४ र गोरखामा १२ जना संक्रमित फेला परेका छन् ।

धनुषा, अर्घाखाँची र रोल्पामा ९/९ जना, कञ्चनपुरमा ७ जना, झापा, रौतहट, काभ्रे, नुवाकोट, रामेछाप, लमजुङ, कपिलवस्तु र गुल्मीमा ६/६, तनहुँमा ५, सिन्धुपाल्चोक, पाल्पा र बाजुरामा ३/३ जना संक्रमित भेटिएका छन् ।

उदयपुर, भोजपुर, सर्लाही, बाँके र बैतडीमा २/२ जना र ओखलढुंगा, दोलखा, प्युठान, दैलेख, बझाङ र डोटीमा १/१ जना संक्रमित देखिएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।