Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २० जेष्ठ बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सङ्क्रमितभन्दा निको हुने बढी

२०७७, ४ आश्विन आईतवार ०१:५८

असोज, काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा थप एक हजार २०४ जनालाई कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमण देखिएको छ । देशका विभिन्न प्रयोगशालामा १० हजार ३३३ जनाको पीसीआर परीक्षण गर्दा एक हजार २०४ जनालाई कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले जानकारी दिए ।

अघिल्लो दिनको भन्दा शनिबार सङ्क्रमण घटेको छ । शुक्रबार देशभर दुई हजार २० जनामा कोरोना सङ्क्रमण देखिएको थियो ।

शनिबार थपिएसँगै नेपालमा सङ्क्रमितको सङ्ख्या ६२ हजार ७९६ पुगेको छ । देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या १७ हजार १२९ छ । पछिल्लो २४ घण्टामा देशभर थप एक हजार ४४७ जना उपचारपछि निको भएर डिस्चार्ज भएका छन् । 

योसहित डिस्चार्ज हुनेको कुल सङ्ख्या ४५ हजार २६७ पुगेको छ । डा. गौतमले शून्य सङ्क्रमित रहेका जिल्ला सातवटा र पाँच सयभन्दा माथि उपचाररत सङ्क्रमित जिल्ला नौवटा रहेको बताउनुभयो ।

पाँच सयभन्दा बढी सङ्क्रमित भएका जिल्लामा सुनसरी, मोरङ, सिरहा, काठमाडौँ, भक्तपुर, ललितपुर, चितवन, मकवानपुर र रुपन्देही छन् । 

यस्तै शून्य सङ्क्रमित भएका जिल्लामा सोलुखुम्बु, रसुवा, मुस्ताङ, म्याग्दी, मुगु, डोल्पा र हुम्ला छन् । देशभरका क्वारेन्टाइनमा सात हजार ७३५ जना र होम आइसोलेसनमा सात हजार ९७६ जना छन् । त्यसैगरी संस्थागत आइसोलेसनमा नौ हजार १५३ जना छन् । यो समाचार आजको गोरखापत्र दैनिकमा सरोज ढुङ्गेलले लेखेका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित मन्त्रिपरिषद् बैठक बस्दै कांग्रेसले छायाँ सरकार गठन गरेको छैन: भीष्मराज आङ्देम्बे सुनचाँदीको मूल्य बढ्यो कृष्ण महरालाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश