Skip to content
Friday, July 17, 2026 Nepali Online Media

पछिल्लो २४ घण्टामा १ हजार १५४ संक्रमित थपिए, १६ को मृत्यु

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

असोज ५, काठमाडौँ | गत २४ घण्टामा देशभर १ हजार १५४ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ भने १६ जनाको मृत्यु भएको छ ।

सोमबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले सो जानकारी दिएका हुन् । उनका अनुसार बितको २४ घण्टामा  हजार ५ जना डिस्चार्ज भएका छन् भने हालसम्म निको हुनेको कुल संख्या ४७ हजार २३८ पुगेको गौतमले जानकारी दिए ।

आजसम्म देशभर सक्रिय संक्रमितको संख्या १७ हजार ६११ रहेको छ । जसमा संस्थागत आइसोलेशनमा ८ हजार ९२१ रहेका छन् भने होम आइसोलेशनमा ८ हजार ६९० जना रहेका छन् ।

गत २४ घण्टामा देशभर थप १६ जनाको मृत्यु भएसँगै नेपालमा कोरोनाबाट मृतकको कुल संख्या ४२७ पुगेको गौतमले जानकारी दिएका छन् ।