पढ्न करिब 1 मिनेट लाग्छ

असोज ७, काठमाडौं । यातायात व्यवस्था विभागले कोरोना भाइरस संक्रमणको जोखिम कायमै रहेकाले अत्यावश्यक परेमात्र लामो दूरीको यात्रा गर्न आग्रह गरेको छ। त्यसरी यात्रा गर्दा सकेसम्म आफैंले घरबाट खाना/खाजा प्याक गरि लिएर हिँड्न पनि विभागले यात्रुहरुलाई अपिल गरेको छ।

होटलहरुमा खाना र खाजा खाँदा कोरोना संक्रमण हुने जोखिम रहेकाले लामो दूरीको यात्रामा हिँड्दा सकेसम्म आफैंले घरमा प्याकिङ गरेको खाद्यवस्तु बोक्न विभागले भनेको छ। सवारीमा चढ्दा वा झर्दा अन्यबाट कोरोना सर्ने र फैलिने जोखिम हुने भएकाले घरबाटै प्याकिङ गरिएका खाना र खाजा साथमै बोक्न अनुरोध गरिएको विभागले जनाएको छ।

विभागले अत्यावश्यक काम परेमात्रै यात्रा गर्न पनि सुझाएको छ। सडक आसपासका होटल तथा रेष्टुरेन्टलाई पनि स्वच्छ खाजा र खाना प्याकिङ गरेर बिक्री गर्ने प्रवन्ध गर्न विभागले सार्वजनिक सूचनामार्फत् आग्रह गरेको छ।

यात्रु तथा बसका चालक र सहचालकले समेत तोकिएको स्वास्थ्य मापदण्ड अनिवार्य पालना गर्न विभागले सबैलाई आग्रह गरेको छ ।