Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २० जेष्ठ बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कोरोनाको एन्टिभाइरल औषधि फाभिर–२०० नेपालमै उत्पादन सुरु

२०७७, ८ आश्विन बिहीबार ०२:१७

असोज ८, काठमाडौं । कोभिड–१९ को संक्रमण क्रमशः बढ्दै जाने देखिएकाले यस कठिन परिस्थितिमा सो रोगको उपचारका लागि आवश्यक औषधिमध्ये एन्टिभाइरल औषधि फाभिपाइराभिर ओरल ट्याब्लेट नेपालमा नै उत्पादन थालिएको छ ।

विश्वका धेरै मुलुकले कोभिड–१९ का बिरामीमा परीक्षणपश्चात् प्रयोग गरिरहेको यो औषधि देउराली–जनता फर्मास्युटिकल्स प्रालिले उत्पादन थालेको हो । हालसम्म फाभिपाइराभिर ट्याब औषधि जापान, चीन, रसिया, अमेरिका, टर्की, क्यानडा, भारत र बंगलादेशलगायत धेरै देशमा सरकारले कोभिड–१९ को उपचारका लागि अत्यावश्यक प्रयोग गर्न अनुमति प्रदान गरिसकेको छ ।

कोभिड–१९ ले सम्पूर्ण मानवको स्वास्थ्य र अर्थतन्त्रमा नकारात्मक असर पारेको यस कठिन घडीमा विगत तीन दशकदेखि नेपालमा औषधि उत्पादन गर्ने सो कम्पनीेले औषधि व्यवस्था विभागबाट उत्पादनको अनुमति लिई नेपालमानै पहिलोपटक फाभिर २०० ट्याब्लेट औषधि उत्पादन सुरु गरेको हो ।

हालसम्म फाभिपाइराभिर ट्याब औषधि जापान, चीन, रसिया, अमेरिका, टर्की, क्यानडा, भारत र बंगलादेशलगायत धेरै देशमा सरकारले कोभिड–१९ को उपचारका लागि अत्यावश्यक प्रयोग गर्न अनुमति प्रदान गरिसकेको छ ।

कोभिड–१९ को उपचारका लागि क्लिनिकल अध्ययन प्रयोजनको लागि उपलब्ध गराउने गरी औषधि व्यवस्था विभागबाट मंगलबार स्वीकृति पाएको थियो ।

कम्पनीले नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को तत्त्वावधानमा कोभिड–१९ को उपचारका लागि सो औषधिलाई इन्भेस्टिगेस्नल ड्रग फर इमर्जेन्सी युज को अनुसन्धान गर्न क्लिनिकल स्टडिजगरी त्यसको प्रभावकारिताको समेत नेपालकै बिरामीमा अध्ययन गर्न सहकार्य गर्ने तैयारीसमेत गरिरहेको बताइएको छ ।

कोभिड–१९ का बिरामीको उपचार÷प्रयोगका लागि चिकित्सकको सिफारिस र निगरानीमा मात्र अनुसन्धानार्थ सो औषधि उपलब्ध हुनेगरी औषधि व्यवस्था विभागबाट स्वीकृति प्राप्त भएको पनि सो कम्पनीले उल्लेख गरेको छ । यो समाचार आजको राजधानी दैनिकमा छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित मन्त्रिपरिषद् बैठक बस्दै कांग्रेसले छायाँ सरकार गठन गरेको छैन: भीष्मराज आङ्देम्बे सुनचाँदीको मूल्य बढ्यो कृष्ण महरालाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश