२०८३, १४ बैशाख सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सरकारको कमजोरीको फाइदा लुट्दै निजी प्रयोगशाला, पीसिआर शुल्कमा मनपरी

२०७७, ११ आश्विन आईतवार ०३:२३

असोज ११, काठमाडौँ | सरकारले निजी प्रयोगशालाको मनपरी रोक्न नसक्दा नीजी प्रयोगशालाहरुले करोडौंको फाइदा उठाएका छन् । सरकारले कोरोना परिक्षण शुल्क घटाएको भएपनि दुईसातादेखि सरकारलाईनै अटेर गर्दै निजि प्रयोगशालाले पिसिआरको शुल्कका मनपरी शुल्क उठाईरहेका छन् । निजी प्रयोगशालाहरुले सरकारको भदौ २८ मा तोकिएको २ हजार शुल्कमा कोरोना परीक्षण हुने निर्णयलाई मानेका छैनन् । उनीहरुले सरकारी प्रयोगशालामा भन्दा दोब्बर मूल्य भन्दा बढीमा परीक्षण गराईरहेका छन् ।  

काठमाडौं उपत्यकाका आठवटा निजी प्रयोगशालाले सरकारको शुल्क घटाउने निर्णयपछि पिसिआर गरेर करोडौं अशुली गरेका छन् । पछिल्लो १३ दिनमा १७ हजार ६ सय ३६ परीक्षण गर्दा ३ करोड भन्दा बढीको अबैध अशुली भएको छ । निजिले सरकारको नीति नमान्दा सरकारी निकाय भने मुकदर्शक भएको छ । 

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले बिहीबार र शुक्रबार यस सम्बन्धि अनुगमन समेत गरेको छ, जसमा निजी प्रयोगशालाले आन्तरिक निर्णयबाट शुल्क निर्धारण गरी मनपरी शुल्क लिने गरेको पाइएको छ । सरकारी निर्णयलाई नेपाल कोरोना मैत्री नगरपालिका अस्पताल, केएमसी र बिध ल्याबबाहेक अन्य आठ स्वास्थ्यसंस्थाले सरकारको निर्णयलाई मानेका छैनन् । उनिहरुले सरकारको निर्णय अनुसार पिसिआर परीक्षण गर्न नसक्ने भन्दै अटेरी गरिरहेका छन् । बिभिन्न बहानाबाजी गर्दै उनिहरुले कोरोना परीक्षणमा मनपरी शुल्क लिईरहेका छन् । दुई हजारमा परीक्षण गर्न नसक्ने भन्दै मन्त्रीलाईनै ज्ञापनपत्र बुझाएको बहानामा उनिहरुले सरकारी निर्णयलाई लत्याईरहेका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुकुमबासी बस्तीमा आज पनि डोजर परिचालन कांग्रेस संसदीय दलको नेतामा भीष्मराज आङ्देम्बे चयन शिक्षामन्त्री पोखरेलसँग चिनियाँ राजदूतको शिष्टाचार भेटवार्ता मन्त्रिपरिषद् बैठक बस्दै मोटरसाइकलको ठक्करबाट बाबु छोराको मृत्यु काँग्रेसको केन्द्रीय कार्य सम्पादन समितिको बैठक बस्दै कक्षा १२ को परीक्षा आजदेखि सुरु सुनचाँदीको मुल्य बढ्यो एसईईको नतिजा वैशाख महिनाको अन्तिम साता सार्वजनिक हुने अतिक्रमणमुक्त भए काठमाडौंका तीन बस्ती चट्याङ लागेर एक जनाको मृत्यु मनोहरा सुकुमबासी बस्तीमा डोजर चलाउन सुरु सुनचाँदीको मूल्यमा वृद्धि थापाथलीमा बसोबास गरिरहेका ६८ सुकुमबासी परिवार सरकारको सम्पर्कमा नेपाल ३७ रनले विजयी वर्षा सुरु भएसँगै बीपी राजमार्ग बन्द युक्रेनमा रूसी आक्रमण जारी नदीले बगाउँदा एक बालकको मृत्यु सुकुम्वासी बस्तीबाट २३ परिवारका सदस्य पुगे दशरथ रंगशाला गैरीगाउँस्थित सुकुम्वासी बस्तीमा पनि डोजर चल्यो