Skip to content
Friday, July 17, 2026 Nepali Online Media

अमेरिकी विदेश मन्त्री तीन देशको भ्रमणमा जाने

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

असोज १४, वासिङ्टन (रासस/एएनआई) । अमेरिकी विदेश मन्त्री माइक पोम्पेओले अक्टोबरको पहिलो साता तीन दिनेको भ्रमण शुरु गर्नुहुने भएको छ ।

अक्टोबर ४ देखि ८ सम्ममा उहाँले जापान, दक्षिण कोरिया र मंगोलियाको भ्रमण गर्नुहुने भएको अधिकारीहरुले जनाएका छन् ।

मन्त्रालयले जारी गरेको वक्तव्यमा लेखिएको छ, “विदेश मन्त्री पोम्पेओ जापानको टोकियो, मंगोलियाको उलानबटोर र दक्षिण कोरियाको सोल जानु हुनेछ ।”

टोकियोमा रहेका बेला उहाँले अष्ट्रेलिया, भारत र जापानका विदेश मन्त्रीहरुसँग अक्टोबर ६ तारिखमा भेट्ने कार्यक्रम रहेको छ ।

उहाँले उनीहरुसँग सहकार्य, एक आपसमा सहयोग आदान प्रदान र सम्वन्ध सुधारलगायतका विषयमा कुराकानी गर्नुहुने जनाइएको छ ।

पोम्पेओले अक्टोबर ७ तारिखमा मंगोलिया र ७ र ८ तारिखमा दक्षिण कोरियाका उच्च अधिकारीहरुसँग भेटवार्ता गर्ने तय भएको अधिकारीहरुले जनाएका छन् ।